
काठमाडौं । एनएमबी बैंकका ग्राहकले भाटभटेनीमा छुट पाउने भएका छन् । भाटभटेनी धनगढीमा किनमेल गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् ।
बैंकका ग्राहकहरुले भाटभटेनीमा किनमेल गरी ईएनएमबी(ओम्नि च्यान), भिसा डबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा रु.५०० सम्म क्यासव्याक पाउने गरी साझेदारी भएको बैंकले जनाएको छ ।
उक्त योजना यहि असार १२ गतेदेखि सिमित अवधिका लागि धनगढी भाटभटेनीमा लागु हुने बैंकले जनाएको छ । बैंकले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको जनाएको छ ।