काठमाडौं । स्याम्पुको झोलमा सुन लुकाएर ल्याएका एक युवा पक्राउ परेका छन् ।
शुक्रबार सलाम एयरवेजको उडाान नं ४२७ मा ओमानबाट आएका सिराहाका निरन्जन कुमार सिंह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।
भन्सार कार्यालयका अनुसार सिंहले सन सिल्क स्याम्पुको बट्टाभित्र १०० ग्राम सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ परेका हुन् ।
वि.सं.२०७९ असार १० शुक्रवार १४:५५ मा प्रकाशित






























