back
CTIZAN AD

पायल्स भएकाहरूले के–के गर्ने, के–के नगर्ने?

वि.सं.२०७९ असार १० शुक्रवार

3.3K 

shares

हर्षा, पाईल्स, बबासीर, हेमोरोईड्स, अर्ष तथा मूलब्याधि जस्ता नामबाट परिचित यो रोग अन्तर्गत मलद्वारा तथा मलाशयका भित्ताका रक्तनलीहरू विभिन्न कारणले सुन्निन गई देखापरेका श्रृंखलाबद्ध समस्याहरू पर्ने गर्छन् । यो रोग सुरु हुँदा मलाशय तथा गुद्द्वारमा भारीपन बड्ने, चिलाउने, दिसा खलास नहुने र अली अली दुख्ने जस्ता लक्षणहरू देखापर्दछन् ।

रोग बड्दै गएमा मलाशयका रक्त नलिहरू सुन्निने, फुट्ने भई अकस्मात् रक्तश्राव हुने गर्दछ । सुन्निएका रक्त नलिहरू र वरिपरीका तन्तुहरू तलतिर खस्न जाँदा गुजिल्टिएर अंगुरको झुप्पा जस्तो मासुका डल्ला–डल्लीहरू गुद्द्वार वरिपरी देखिने गर्दछन् । बाह्य पाइल्स भएको भए अत्यन्त पीडा हुने दिशा अड्केको आभाष हुने उठ्न, बस्न, हिडडुल गर्न गाह्रो हुने, मलत्याग पछि पनि पेट सफा नभएको भान हुने एवं माशिपर्ने मलद्वार वरिपरी चिलाउने र दिसा बस्दा दुख्ने जस्ता लक्षणहरु पनि यो रोगमा देखा पर्दछन् ।

किन हुन्छ पायल्स ?

इन्टरनल हेमरोईडल भेनस प्लेक्सेस (गुदद्वारभित्रका रक्तशिराहरू) लाई असाधारण तरिकाले तन्काइ दिने गर्छ कुनै पनि काम यो रोगको कारण हो । यी कारणहरू मध्ये कब्जियत कै भूमिका मुख्य छ । यसका अलावा गर्हुँङ्गो भारी उचाल्नाले, कलेजकोको रोग (लिवर सिरोसीस भएमा) गुदद्वारको क्यान्सर भएमा, आउ, मासी तथा डाइरीया जस्ता पेटका समस्या हुँदा, गुदा–मैथुनगर्नेहरू, गर्भवती र गर्भपात गर्नेहरूमा, मोटोपन भएकाहरूमा पाइल्सको समस्या ज्यादा देखिएकोछ । साइकियाट्रिक औषधिको सेवन गर्ने, राती जागै रहनेहरुमा, उभ्भिएर काम गर्नेहरू जस्तै ट्राफिक पुलिस, कन्डक्टर, कुली, मजदुरहरू भारोत्तोलक खेलाडीहरू ज्यादै देखिएको छ । यो रोग वंशानुगत कारणहरुले पनि हुने गर्दछ ।

के–के गर्ने ?

१. प्रशस्त पानी पिउनुहोस् ।

२. ३ हप्तासम्म अन्न त्यागगरी फलफूल र तरकारीहरू मात्र खानुहोस् ।

३. मोही, दालको रस, प्राकृतिक सुपको सेवन गर्नुहोस् ।

४. तातो कटिस्नान वा सिट्जबाथ गनुहोस् ।

५. सुपाच्य खानेकुराहरूमात्र खाने गरौँ ।

६. अन्तरनिहित कारणहरू पत्ता लगाएर उपचार गराउनुहोस् ।

के–के नगर्ने ?

१. दिशा गर्दा कन्ने वा बल लगाउने नगर्नुहोस् ।

२. भारी सामान नउठाउनु होस् ।

३. लामो समयसम्म एउटै स्थानमा बसि नरहनुहोस् ।

४. रेचक औषधि र एनीमाको अत्यधिक प्रयोग नगर्नुहोस् ।

५. तनाव, चिन्ता, भय, उदासिनता र नैराश्यताबाट बच्नुहोस् ।

६. गरिष्ठ भोजनको सेवन नगर्नुहोस् ।

वि.सं.२०७९ असार १० शुक्रवार १४:४६ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...