back
CTIZAN AD

पर्वतारोहण संघले प्रकाशको सालिक बनाएपछि प्रचण्ड तनावमा !

वि.सं.२०७९ असार १० शुक्रवार

708 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा शालिक निर्माण हुने भएको छ ।

नेपाल पर्वतारोहण संघले उक्त शालिक निर्माण गर्न लागेको र उक्त शालिकको अनावरण माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्ने बताइएको छ ।

‘मेरो यसमा कुनै भूमिका छैन । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुनुको नाताले आफ्नो छोरा एभरेष्ट चढेको हुनाले ककनीमा मूर्ति बनाइदिन पर्यो भनेर मैले कहिल्यै एकशब्द पनि भनेको छैन ।’ संघका तर्फबाट नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा विदाइ कार्यक्रमका प्रमुख अतिथि रहेका अध्यक्ष प्रचण्डले भने, ‘मलाई थाहा पनि थिएन । तपाईहरुले पर्वतारोहण संघको तर्फबाट आफै निर्णय गर्नु भएछ । त्यसको अनावरणका लागि आजै मलाई पत्र दिनु भएको छ ।’

उनले संघलाई धन्यवाद दिँदै युद्धमा मेसिन गन बोकेर हिँडेको प्रकाश र शान्ति वार्तामा आएपछि लुम्बिनीदेखि सगरमाथा सम्म पुगेर सन्देश दिन्छु भन्ने जुनुन प्रकाशमा आफुले पनि देखेको बताएका थिए ।

‘गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको छोरो भन्दा पनि प्रकाशको आफ्नै विवेकको परिणाम थियो त्यो । तपाईहरुले त्यसलाई सम्मान गरेर उचित गर्नु भएको छ ।’ अध्यक्ष प्रचण्डले भने ।

उनले त्यहाँ आफ्नो कुनै राजनैतिक वा कुनै किसीमको दवाव नभएको पनि पुन : प्रष्ट पारे ।

वि.सं.२०७९ असार १० शुक्रवार १६:१० मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...