काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सवारी कर वृद्धि तथा ६-६ महिनामा जाचँपास गर्नु पर्ने नीति तत्काल खारेज गर्न माग गरेको छ ।
नाडाले गण्डकी प्रदेश सरकारले हालै जारी गरेको बजेट वक्तव्य मार्फत सवारी साधनहरुको वार्षिक करमा गरेको भारी मात्राको बृद्धि तथा ६-६ महिनामा सवारी साधनहरु जाँचपास गर्नुपर्ने नीति अविलम्व खारेज गरि पुरानै व्यवस्था कायम गर्न माग गरेको हाे।
नाडाका अनुसार नाडाले विगत देखि नै सम्पूर्ण प्रदेशहरुमा सवारी साधनहरुको कर समान हुनुपर्ने माग राख्दै आएको छ । सोहि अनुसार केहि महिना अघि मात्रै ७ वटै प्रदेशका मन्त्रीहरुको बैठक बसि सबै प्रदेशहरुमा समान सवारी कर लागु गर्ने सहमती समेत भईसकेको थियो ।
उक्त सहमती विपरित अहिले आएर गण्डकी प्रदेश सरकारले मात्र एकतर्फी रुपमा भारी मात्रामा सवारी कर बृद्धि गर्नुका साथै ६-६ महिनामा सवारी जाचँपास गर्नुपर्ने झन्झटिलो नीति समेत ल्याएको भन्दै नाडाले विरोध जनाउँदै तत्काल फिर्ता लिन माग गरेको जनाएको छ ।
वि.सं.२०७९ असार १० शुक्रवार १७:४२ मा प्रकाशित






























