काठमाडौं । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिकाको वडा नम्बर २५का विभिन्न ठाउँमा डुबानसँगै पहिरो गएको छ । बर्षाका कारण पोखराको हेम्जाको सुइँखेत क्षेत्र डुबानमा परेको हो ।
पोखराको वडा नंम्वर २५ क्षेत्रमै गएको पहिरोले १२ घरमा क्षति पुर्याएको वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार पहिरोले विभिन्न गाई तथा पशु फार्म बगाँदा २५ भन्दाबढी खसी बाख्रा परिएको छ ।
सो ठाउँको क्षतिको यकिन विवरण भने आइनसकेको वडाध्यक्ष तिम्सीनाले जानकारी दिए । उनले मानवीय क्षती भने नभएको जानकारी दिए । तस्वीर : सामाजिक सञ्जाल
वि.सं.२०७९ असार ११ शनिवार १२:३३ मा प्रकाशित






























