
काठमाडौं । नेपालमा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी विवरण अनुसार पछिल्ला २४ घण्टामा गरिएको १८०२ नमुना परीक्षणमा २७ जना संक्रमित थपिएका हुन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित निको भएका छन् । आज निको भएका १६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ३७२ रहेको छ ।
कूल संक्रमित भएका ९ लाख ७९ हजार ५१२ मध्ये हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेको छ ।
त्यसैगरी हाल १८८ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा रहनेको संख्या १८१ रहेको छ भने संस्थागत आइसोलेशनमा ७ जनाको उपचार भइरहेको छ । साथै आइसीयुमा ४ जनाको उपचार भइरहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५६ हजार ६८८ मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।