back
CTIZAN AD

यसकारण हुन सकेन फलेवासको नगरसभा

वि.सं.२०७९ असार १२ आइतवार

954 

shares

पर्वत । पर्वतका सात स्थानीय तहमध्ये छवटा स्थानीय तहले आगामी आर्थिक वर्ष ०७९÷८० का लागि यही असार १० गते नै नीति तथा कार्यक्रम र बजेट पारित गरेका छन् । तर फलेबास नगरपालिकामा भने नगरसभा हुनसकेको छैन । फलेबासमा नीति तथा कार्यक्रम र बजेटका विषयमा विवादका कारण नगरसभा सम्पन्न हुन नसकेको हो ।

नगरसभाको तयारीका लागि बसेको कार्यपालिकाको बैठकमा नीति तथा कार्यक्रममा समावेश गर्ने विषयमा गठबन्धन र नेकपा (एमाले)का प्रतिनिधिका बीचमा सहमति कायम नहुँदा नगरसभा नै बस्न नसकेको हो । नगर प्रमुख गङ्गाधर तिवारीले कार्यपालिकाको बैठकमा नीति तथा कार्यक्रमका सबै विषयसहितको प्रस्ताव पेश नगरेको आरोप एमालेका प्रतिनिधिले लगाएका छन् भने नेपाली कांग्रेसका प्रतिनिधिले कर छुट दिने र फलेबासमा नगरबस सञ्चालन गर्ने विषयमा एमालेले असहमति जनाएका कारण नगरसभा हुन नसकेको दाबी गरेका छन् ।

शुक्रबार भएको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठले बुँदागतरूपमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि एमालेका प्रतिनिधिले लिखितरूपमै सबै नीति तथा कार्यक्रम कार्यपालिकाबाट पारित गर्न माग गरेका थिए । एमालेका प्रतिनिधिले कार्यपालिका बैठक र सभा व्यवस्थितरूपमा सञ्चालन गर्नका लागि विषयगत समितिको बैठक राख्ने, राजस्वका दरका बारेमा निर्णय गर्नुपर्ने, नगरसभामा पेश गर्ने प्रस्ताव नगर कार्यपालिकाले पास गर्नुपर्नेमा नगरप्रमुखले कार्यपालिका बैठकमा पेश नै नगरेको तथा नीति तथा कार्यक्रम कार्यपालिकामा छलफल गरी स्वीकृत गर्नुपर्नेमा कार्यपालिकामा प्रस्तुत र छलफल नै नभएको आरोप लगाएका छन् ।

कार्यपालिकाका सदस्य नेत्रबहादुर विश्वकर्माले भने, “कार्यपालिकामा नीति तथा कार्यक्रमलाई घनिभूतरूपमा छलफल गर्नुपर्ने र सुझावसहित तयार पार्नुपर्छ । ”
फलेबास नगर प्रवक्ता अच्युत तिवारीले प्रमुख प्रशासकीय अधिकृतले नीति तथा कार्यक्रमका मुख्य बुँदाहरू कार्यपालिकामा प्रस्तुत गरेको बताए । उनले नगरपालिकाले नगरबस सञ्चालन गर्ने तथा कोभिडका कारण मर्कामा परेका जनतालाई २५ प्रतिशत कर छुट दिने कुरामा नै असहमति राखेर कार्यपालिकाका सदस्य बाहिर गएको दाबी ग गरे । उनले भने, ‘नगरप्रमुखले सहमतिका लागि आउनुस्भन्दा पनि बहुमतको दम्भ देखाएर उहाँहरू हिँड्नुभयो ।”

नगरप्रमुख र उपप्रमुख गठबन्धनले जितेको छ भने कार्यपालिका र नगरसभामा एमालेको बहुमत छ । प्रवक्ता तिवारीले बहुमतले जहिले सहमतिका लागि आउँछन् त्यही समयमा नगरसभा हुने जानकारी दिए ।

मोदीका सबै वडामा हेलिप्याड निर्माण गरिने

जिल्लाको मोदी गाउँपालिकाले सबै वडामा हेलिप्याड निर्माण गर्ने भएको छ । गाउँपालिका नागरिक बिरामी पर्दा र अन्य विपद्का घटनामा आकस्मिक उद्धार तथा राहत प्रदान गर्न सकियोस् भनेर गाउँपालिकाका आठवटै वडामा हेलिप्याड निर्माण गरिने भएको हो । गाउँपालिकाले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा सवै वडाको केन्द्रविन्दुमा एक–एक हेलिप्याड निर्माण गरिने भएको हो ।

पालिकाका आठवटै वडामा यातायाताको सुविधा पुगेको छ । त्यसमध्ये धेरैजसो वडामा पक्की सडकको समेत पहुँच रहेको छ । तर पनि विकट बस्तीमा आकस्मिक उद्धार र राहत तथा अन्य भैपरि आउने घटनाका लागि हेलिप्याड बनाउने कार्यक्रमलाई प्राथमिकताका साथ राखिएको गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिइन् । उनका अनुसार उपयुक्त स्थानको छनोट गरेर आगमी आवभित्रै सबै वडामा हेलिप्याड बनाउन बजेटसमेत विनियोजन गरिएको जानकारी दिए ।

गाउँपालिकाले २० युनिटसम्मको विद्युत्को शुल्क व्यहोर्ने गरी रु १८ लाख विनियोजन गरेको छ । आगामी वर्षको नीति तथा कार्यक्रममा उद्यमशीलताको विकास, स्वरोजगारमूलक कार्यक्रम, स्वरोजगार धितो कोष, बृहद् कृषि गुरुयोजना, प्राविधिक कृषि शिक्षा, कृषि एम्बुलेन्स, पाडापाडी संरक्षण, शीतभण्डार निर्माण, रैथाने बाली प्रवद्र्धन, कृषक राहत कार्यक्रमजस्ता कुरालाई प्राथमिकतामा राखिएको अध्यक्ष शर्माले बताए ।

गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको विकास र प्रवद्र्धन गर्न सङ्घ र प्रदेशसँग सहकार्य गरेर विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ । त्यसैगरी सबै वडामा बर्थिङ सेन्टर स्थापना, सुत्केरीसँग अध्यक्ष कार्यक्रम, गाउँपालिकाको केन्द्रमा बृहद् सार्वजनिक पुस्तकालयसमेत स्थापना गरिने भएको छ । त्यसैगरी दिदीबहिनीसँग अध्यक्ष कार्यक्रम, युवासँंग उपाध्यक्ष कार्यक्रमलगायतका नयाँ कार्यक्रमसमेत पालिकाले सार्वजनिक गरेको छ । बजेटअघि गाउँपालिकाका अध्यक्ष शर्माले प्रस्तुतत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतरूपमा पारित भएको छ । रासस

वि.सं.२०७९ असार १२ आइतवार ०८:०५ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...