back
CTIZAN AD

श्रीलङ्काले खाद्यान्न आयात गर्न थप सात करोड अमेरिकी डलर प्रयोग गर्ने अनुमति पायो

वि.सं.२०७९ असार १२ आइतवार

837 

shares

कोलम्बो, श्रीलङ्का ।  श्रीलङ्का सरकारले आवश्यक खाद्य वस्तुहरू आयात सङ्कटलाई टार्न सात करोड अमेरिकी डलर प्रयोग गर्ने अनुमति पाएको छ ।

भारतले विस्तार गरेको एक अर्ब अमेरिकी डलर लाइन अफ क्रेडिट (एलओसी) बाट अर्को सात करोड अमेरिकी डलर प्रयोग गर्न अनुमति भारतले दिएको हो । श्रीलङ्काका व्यापार मन्त्री नलिन फर्नान्डोले भने, “यही सुविधाअन्तर्गत भारतबाट आयात भइसकेका १८ करोड अमेरिकी डलर मूल्यका खाद्य वस्तुहरूको अतिरिक्त यो सुविधा मिलेको हो । यो खरीदसँगै कम्तीमा पनि अर्को दुई महिनाको लागि चाहिने खाद्यवस्तुको भण्डारण गर्न हामीले पाउनेछौं ।”

श्रीलङ्काको डेली मिरर पत्रिकाले फर्नान्डोलाई उद्धृत गर्दै लेखेको छ, “निकट भविष्यमा खाद्य वस्तुहरू आयात गर्न हामीले सोही क्रेडिट सुविधाबाट भविष्यमा सात करोड अमेरिकी डलर प्रयोग गर्ने अनुमति पाएका छौँ ।” स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेका श्रीलङ्कालाई एक दिन पहिले भारतले तीन अर्ब रूपैँयाभन्दा बढी मूल्य बराबरको मानवीय सहयोग उपलब्ध गराएको थियो ।

कोलम्बोस्थित भारतीय उच्च आयोगका अनुसार यस ढुवानीमा चामल, दूध पाउडर र आवश्यक औषधीहरू समावेश छन् ।एएनआई

वि.सं.२०७९ असार १२ आइतवार ०८:३९ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...