back
CTIZAN AD

खेल क्षेत्रलाई उद्यमका रुपमा अगाडि बढाउन राज्यले प्राथमिकता दिनुपर्ने खेलकुदमन्त्री गहतराजको भनाई

वि.सं.२०७९ असार १२ आइतवार

969 

shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेल क्षेत्रलाई उद्यमका रुपमा अगाडि बढाउने सन्दर्भमा राज्यले प्राथमिकताका साथ ध्यान दिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको वैठकमा बोल्दै मन्त्री गहतराजले यस्तो बताएका हुन् ।

मन्त्री गहतराजले खेल क्षेत्रलाई आर्थिक उत्पादनसँगै, शिक्षा, स्वास्थ्यसँग अन्तरनीहित र निर्भर गराएर त्यसको विकास गर्ने विषयमा राज्यको ध्यान जानुपर्ने बताए । उनले खेलकुद र खेलाडीको संरक्षण तथा विकासका लागि यसै आर्थिक वर्षदेखि खेलकुद बीमाको व्यवस्था गरिएको उल्लेख गर्दै दुर्घटनामा परेका खेलाडीको उपचार गर्न चिकित्सा केन्द्रलाई व्यवस्थित गर्न बजेटको व्यवस्था गरिएको प्रस्ट पारे । उनले खेलकुद र खेलाडीको निकास विद्यालय तहदेखि नै गर्ने उद्देश्यले खेलकुद उद्यमस्थलका रुपमा विकास गर्न यसै आर्थिक वर्षदेखि नमूनाका रुपमा ‘एक विद्यालय, एक क्लब’ कार्यक्रमको प्रस्ताव गरिएको बताए ।

मन्त्री गहतराजले आगामी वर्ष युवालाई एकीकृत शक्तिका रुपमा विकास गर्न युवा क्लब गठन गरी नमूना युवा क्लबको अभ्यास, स्वयंसेवक विकास तथा परिचालन कार्यक्रम, उत्पादन तथा पूर्वाधार कार्यक्रममा युवालाई सरिक बनाउन सार्क युवापरिषद् गठन तथा साझेदारी निर्माण जस्ता कार्यक्रम अघि सारिएको बताए ।

वि.सं.२०७९ असार १२ आइतवार १३:३७ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...