back

मन्त्री झाँक्रीले किन भेटिन् कामु प्रधानन्यायाधीश ?

वि.सं.२०७९ असार १२ आइतवार

123 

shares
NTC AD
Global IME AD

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेकी छिन् । आइतबार प्रधानन्यायाधीश कार्कीको कार्यकक्षमै पुगेर मन्त्री झाँक्रीले कार्कीलाई भेटेकी हुन् ।

सर्वोच्च स्रोतले बताएअनुसार अदालतको आदेशका कारण विकास निर्माणको काम प्रभावित भएको भन्दै झाँक्रीले कामु प्रधानन्यायाधीश कार्कीसँग छलफल गरेकी छिन् । बताइएअनुसार उनले विकास निर्माणको आयोजना, परियोजना आदिको विषयमा अन्तरिम आदेश गरिँदा विकास निर्माणको काम नै प्रभावित हुने गरेको गुनासो गरेकी थिइन् ।

उनले अदालतले विचाराधीन अवस्थामा रहेका मुद्दाहरू छिटो टुंग्याउन पनि आग्रह गरेकी छिन् । छलफलमा कामु प्रधानन्यायाधीश कार्कीले भने ऐन, नियम, कानूनअनुसार अदालतले गर्ने, अदालतले छिटोभन्दा छिटो फैसला गर्न सकोस् भन्ने आफ्नो पनि चासो रहेको जवाफ दिएका थिए ।

मन्त्री झाँक्रीलाई उनी आबद्ध नेकपा (एकीकृत समाजवादी)ले फिर्ता बोलाइसकेको छ । कामु प्रधानन्यायाधीशसँग विकास आयोजनासँग सम्बन्धित मुद्दामा छलफल गरिएको भएपनि उनले केही कानूनी परामर्श पनि लिएको हुनसक्ने बताइएको छ । झाँक्री पार्टीले फिर्ता बोलाएको भएपनि मन्त्री छाड्न अस्वीकार गरिरहेकी छिन् ।

वि.सं.२०७९ असार १२ आइतवार १६:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...