back
CTIZAN AD

मन्त्री झाँक्रीले किन भेटिन् कामु प्रधानन्यायाधीश ?

वि.सं.२०७९ असार १२ आइतवार

729 

shares

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेकी छिन् । आइतबार प्रधानन्यायाधीश कार्कीको कार्यकक्षमै पुगेर मन्त्री झाँक्रीले कार्कीलाई भेटेकी हुन् ।

सर्वोच्च स्रोतले बताएअनुसार अदालतको आदेशका कारण विकास निर्माणको काम प्रभावित भएको भन्दै झाँक्रीले कामु प्रधानन्यायाधीश कार्कीसँग छलफल गरेकी छिन् । बताइएअनुसार उनले विकास निर्माणको आयोजना, परियोजना आदिको विषयमा अन्तरिम आदेश गरिँदा विकास निर्माणको काम नै प्रभावित हुने गरेको गुनासो गरेकी थिइन् ।

उनले अदालतले विचाराधीन अवस्थामा रहेका मुद्दाहरू छिटो टुंग्याउन पनि आग्रह गरेकी छिन् । छलफलमा कामु प्रधानन्यायाधीश कार्कीले भने ऐन, नियम, कानूनअनुसार अदालतले गर्ने, अदालतले छिटोभन्दा छिटो फैसला गर्न सकोस् भन्ने आफ्नो पनि चासो रहेको जवाफ दिएका थिए ।

मन्त्री झाँक्रीलाई उनी आबद्ध नेकपा (एकीकृत समाजवादी)ले फिर्ता बोलाइसकेको छ । कामु प्रधानन्यायाधीशसँग विकास आयोजनासँग सम्बन्धित मुद्दामा छलफल गरिएको भएपनि उनले केही कानूनी परामर्श पनि लिएको हुनसक्ने बताइएको छ । झाँक्री पार्टीले फिर्ता बोलाएको भएपनि मन्त्री छाड्न अस्वीकार गरिरहेकी छिन् ।

वि.सं.२०७९ असार १२ आइतवार १६:४५ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...