back
CTIZAN AD

प्रधानमन्त्री देउवाद्धारा मन्त्रिपरिषद् पुनर्गठन, नेकपा एसका मन्त्रीहरु हेरफेर

वि.सं.२०७९ असार १२ आइतवार

810 

shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को पुनर्गठन गरेका छन् ।

प्रधानमन्त्री देउवाले आइतबार बेलुका नेकपा (एकिकृत समाजवादी) का मन्त्रीहरुको हेरफेर गरेका छन् ।

जसमा समाजवादी पार्टीका तर्फबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसीलाई नियुक्त गरिएको हो ।

आइतबार दिउसो नेकपा एसका प्रेम आले, रामकुमारी झाक्री, बिरोध खतिवडा र किसान श्रेष्ठले राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले उनीहरुको ठाउँमा चौधरी, खापुङ, श्रेष्ठ र कुँवरलाई मन्त्री तथा केसीलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयले आइतबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरिएको एक विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

नेकपा एसले गत जेठ २२ गते पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर पार्टीका अन्य नेताहरुलाई मन्त्री बनाउने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयन हुन झण्डै २२ दिननै लागेको छ ।

 

वि.सं.२०७९ असार १२ आइतवार २०:४६ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...