back
CTIZAN AD

किन गठबन्धनविरुद्ध बोलिरहन्छन् माधव नेपाल ?

वि.सं.२०७९ असार १२ आइतवार

849 

shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले फेरि एकपटक पाँच दलीय गठबन्धनप्रति असन्तुष्टि पोखेका छन् । अध्यक्ष नेपालले गठबन्धनकै कारण आफ्नो पार्टीले स्थानीय निर्वाचनमा हार व्यहोरेको समेत आरोप लगाए ।

आइतबार अखिल नेपाल महिला सङ्घ समाजवादीको तेस्रो पूर्ण बैठकको उद्घाटन गर्दै उनले भने, “निर्वाचनमा गठबन्धन आवश्यक थियो तर, त्यसले राम्रो परिणाम दिएन, कहीँ कतै देखिएको भएपनि सारमा उपलब्धीमूलक भएन ।” अध्यक्ष नेपालले निर्वाचनमा गठबन्धनभित्रैबाट धोका भएको पनि बताए ।

उनले आगामी दिनमा स्थानीय निर्वाचनको शैलीमा आफ्नो पार्टीले गठबन्धन नगर्ने पनि बताएका छन् । अध्यक्ष नेपालले आफ्नो पार्टी हैसियत र शक्तिलाई अबमूल्यन गर्नेसँग तालमेल नगर्ने पनि बताए । उनले आगामी समय अन्य शक्तिसँग पनि सहकार्य हुनसक्ने बताएका छन् ।

अध्यक्ष नेपालले आफ्नो शक्तिलाई विस्तार गर्न कार्यकर्तालाई अपिल पनि गरेका छन् । उनले आफ्नो पार्टीको शक्ति नेपाली राजनीतिमा निर्णायक खालको रहेको पनि दाबी गरे ।

“हामीले पार्टी विभाजनको छोटो समयमा नै धेरै काम गरेका छौँ, हामीले पार्टी मात्रै होइन देशलाई कता लैजाने भनेर निर्णायक भूमिका खेलेका छौं”, उनले भनेका छन्, “केही पार्टी एमसीसी जस्ताको तस्तै पास गर्ने पक्षमा थिए, हाम्रो अडानले व्याख्यात्मक घोषणा गरेर पास भयो, यो सानो उपलब्धी होइन ।”

अध्यक्ष नेपालले घुमाउरो शैलीमा मन्त्रीपरिषद् फेरबदल हुन नसक्नुमा पनि असन्तुष्टी पोखेका छन् ।

वि.सं.२०७९ असार १२ आइतवार १८:०७ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...