back

किन गठबन्धनविरुद्ध बोलिरहन्छन् माधव नेपाल ?

वि.सं.२०७९ असार १२ आइतवार

132 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले फेरि एकपटक पाँच दलीय गठबन्धनप्रति असन्तुष्टि पोखेका छन् । अध्यक्ष नेपालले गठबन्धनकै कारण आफ्नो पार्टीले स्थानीय निर्वाचनमा हार व्यहोरेको समेत आरोप लगाए ।

आइतबार अखिल नेपाल महिला सङ्घ समाजवादीको तेस्रो पूर्ण बैठकको उद्घाटन गर्दै उनले भने, “निर्वाचनमा गठबन्धन आवश्यक थियो तर, त्यसले राम्रो परिणाम दिएन, कहीँ कतै देखिएको भएपनि सारमा उपलब्धीमूलक भएन ।” अध्यक्ष नेपालले निर्वाचनमा गठबन्धनभित्रैबाट धोका भएको पनि बताए ।

उनले आगामी दिनमा स्थानीय निर्वाचनको शैलीमा आफ्नो पार्टीले गठबन्धन नगर्ने पनि बताएका छन् । अध्यक्ष नेपालले आफ्नो पार्टी हैसियत र शक्तिलाई अबमूल्यन गर्नेसँग तालमेल नगर्ने पनि बताए । उनले आगामी समय अन्य शक्तिसँग पनि सहकार्य हुनसक्ने बताएका छन् ।

अध्यक्ष नेपालले आफ्नो शक्तिलाई विस्तार गर्न कार्यकर्तालाई अपिल पनि गरेका छन् । उनले आफ्नो पार्टीको शक्ति नेपाली राजनीतिमा निर्णायक खालको रहेको पनि दाबी गरे ।

“हामीले पार्टी विभाजनको छोटो समयमा नै धेरै काम गरेका छौँ, हामीले पार्टी मात्रै होइन देशलाई कता लैजाने भनेर निर्णायक भूमिका खेलेका छौं”, उनले भनेका छन्, “केही पार्टी एमसीसी जस्ताको तस्तै पास गर्ने पक्षमा थिए, हाम्रो अडानले व्याख्यात्मक घोषणा गरेर पास भयो, यो सानो उपलब्धी होइन ।”

अध्यक्ष नेपालले घुमाउरो शैलीमा मन्त्रीपरिषद् फेरबदल हुन नसक्नुमा पनि असन्तुष्टी पोखेका छन् ।

वि.सं.२०७९ असार १२ आइतवार १८:०७ मा प्रकाशित

NABIL bank AD
माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष महरा पक्राउबारे छलफल

माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष महरा पक्राउबारे छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उपाध्यक्ष कृष्णबहादुर महरा...

चालीस करोड राजस्व छली गरेको आरोपमा व्यवसायीहरूविरुद्ध मुद्दा दायर

चालीस करोड राजस्व छली गरेको आरोपमा व्यवसायीहरूविरुद्ध मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै रु...

महाधिवेशन तयारीमा जुट्न पार्टी पङ्क्तिलाई अध्यक्ष नेपालको निर्देशन

महाधिवेशन तयारीमा जुट्न पार्टी पङ्क्तिलाई अध्यक्ष नेपालको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले...

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा चयन

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा चयन

महेन्द्रनगर (कञ्चनपुर) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

ढोरपाटन (बागलुङ) । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ...