back
CTIZAN AD

साढे २ महिनाको अवधिमा ८४४ बिपद्का घटना, ८४ जनाको मृत्यु, २०० घाईते

वि.सं.२०७९ असार १२ आइतवार

765 

shares

काठमाडौं । बैशाख देखि असार १२ गतेसम्म देशैभरी ८४४ वटा विपद्का घटना घटेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणद्धारा जारी विवरण अनुसार देशैभरी घटेका ८४४ घटनामध्ये ४४ वटा पहिरोका घटनाबाट १० जना, ११ वटा बाढीका घटनाका कारण ३ जना, १९ वटा भारी वर्षाका कारण १ जना, ७४ वटा चट्याङका घटनाबाट २७, सातवटा वटा सर्पदंशका घटनाबाट ४ जना, ५०१ आगलागीका घटनाबाट १८ जना, जंगलमा भएको आगलागीका ५२ वटा घटनाबाट १ जना, ९१ वटा हावाहुरीका घटनाबाट ८ जना, बाघ लगायत जनवरको आतंकका ४३ घटनाबाट १२ जना, डुंगा पल्टेर १ जना गरी यो तीन महिनाको अवधिमा ८४ जनाको ज्यान गएको भएको विपद् जोखिम न्यूनिकरण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार पहिरोबाट १० जना, बाढीबाट ५ जना, चट्याङबाट ५५ जना, सर्पदंशबाट ४ जना, आगलागीबाट ६५ जना, जंगल आगलागीबाट २ जना, हावाहुरीबाट ३३ जना, जनावर आतंकबाट २५ जना र भूकम्पबाट १ गरी २०० जना घाईते भएका छन् ।

त्यसैगरी पहिरोबाट ५७, बाढीबाट १४, भारी वर्षाबाट १७, चट्याङबाट १०९, सर्पदंशबाट ७, आगलागीबाट ५७५, जंगल आगलागीबाट २९ हावाहुरीबाट २५६, जनावर आतंकबाट ५३, भूकम्पबाट १ र डुंगा पल्टेर १ गरी ११११ घरपरिवार प्रभावित भएका छन् ।

वि.सं.२०७९ असार १२ आइतवार १७:२२ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...