
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले बालकिरण जीवनबीमा योजना ल्याएको छ । कम्पनीले बालकिरण जीवनबीमा योजना बिमितहरु माझ लोकप्रिय हुँदै आएको र पछिल्लो समयमा उल्लेख्य संख्यामा बिक्रिहुने बीमा लेख भएको जनाएको हो ।
कम्पनीका अनुसार बच्चाको जन्म लगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिका लागि अधिकतम जोखिम रक्षावरण सहित चौथो बर्षदेखि नै प्रत्येक बर्ष बीमा रकम फिर्ता हुँदै आउँछ ।
कम्पनीका प्रमुखकार्यकारी अधिकृत कवि फुयाँलले प्रत्येक बर्ष फिर्ता हुने रकमले अभिभावकहरुलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने बताए ।
अधिकृत फुयाँलले सो बीमा अभिभावक तथा नवअभिभावकहरुको लागि अत्यन्त उपयुक्त तथा सहज बीमा योजनामा आफ्नो आवश्यकता अनुसारको बीमा अवधि छनौट गर्न सकिने, दुर्घटना तथा बीरामीको थप जोखिम वहन हुने तथा एउटै बीमामा दोहोरो जीवनको बीमा हुनेसमेत जानकारी पनि दिए ।