back
CTIZAN AD

युद्धमा मिसियो बेलारुस, रुसको पक्ष लिँदै युक्रेनमाथि हान्यो मिसाइल

वि.सं.२०७९ असार १३ सोमवार

993 

shares

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस र युक्रेनका छिमेकी देशहरु पनि प्रत्यक्ष रुपमा सहभागि हुन थालेका छन् । शनिबार छिमेकी बेलारुसबाट युक्रेनमाथि ठूलो आक्रमण गरेको छ । सञ्चारमाध्यमहरुले जनाएअनुसार बेलारूसी आकाशबाट ४० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरिएको बताएका छन्। यीमध्ये धेरैजसो मिसाइलले सैन्य लक्ष्यलाई निशाना बनाएका छन्।

विशेष कुरा के छ भने यो हमलाको केही समयपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग भेट गरेका थिए । उत्तरी सैन्य कमाण्डले उत्तरी चेर्निगोभ क्षेत्रको देस्ना गाउँमा २० रकेट प्रहार गरेको जनाएको छ।

Will Belarus, Russia's key ally, join Putin's war in Ukraine? | Russia-Ukraine  war News | Al Jazeera

रुसी आक्रमणपछि शहर खाली

रुसले युक्रेनी सहर सेभेरोडनेस्क कब्जा गरेको दाबी गरेको छ । लुहान्स्क क्षेत्रको प्रशासनिक केन्द्र स्वयारोडोनेत्स्कका मेयर अलेक्ज्याण्डर स्ट्राइकले शनिबार भने कि रूसले युक्रेनको प्रमुख पूर्वी सहरमा धेरै दिनदेखि आक्रमण गरिरहेको छ। ठूलो बम विष्फोटबाट शहरको अधिकांश क्षेत्र ध्वस्त भएको थियो।

रुसी आक्रमणअघि सेभेरोडनेस्क सहरको जनसङ्ख्या करिब १० लाख थियो, जुन अहिले १० हजारमा झरेको छ । बम विष्फोटका कारण अधिकांश मानिसले सहर छाडेका थिए ।

रुसले रिभ्ने क्षेत्रमा दुईवटा मिसाइल प्रहार गरेको छ

रुसी सेनाले रिभ्ने क्षेत्रमा दुईवटा मिसाइल आक्रमण गरेको थियो । जसका कारण जनसङ्ख्या भएको क्षेत्रमा धेरै क्षति भएको छ । रिभ्ने क्षेत्रीय सैन्य प्रशासन प्रमुख भिटाली कोवलले यो जानकारी दिए। उनले भने कि यी आक्रमणमा कति मानिसहरु हताहत भएका छन् भन्ने बारे भने केही खुलाइएको छैन । जुन २५ को साँझदेखि युक्रेनको अधिकांश क्षेत्रमा हवाई आक्रमणको साइरन बजिरहेको थियो।

वि.सं.२०७९ असार १३ सोमवार १५:५४ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...