काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस र युक्रेनका छिमेकी देशहरु पनि प्रत्यक्ष रुपमा सहभागि हुन थालेका छन् । शनिबार छिमेकी बेलारुसबाट युक्रेनमाथि ठूलो आक्रमण गरेको छ । सञ्चारमाध्यमहरुले जनाएअनुसार बेलारूसी आकाशबाट ४० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरिएको बताएका छन्। यीमध्ये धेरैजसो मिसाइलले सैन्य लक्ष्यलाई निशाना बनाएका छन्।
विशेष कुरा के छ भने यो हमलाको केही समयपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग भेट गरेका थिए । उत्तरी सैन्य कमाण्डले उत्तरी चेर्निगोभ क्षेत्रको देस्ना गाउँमा २० रकेट प्रहार गरेको जनाएको छ।
रुसी आक्रमणपछि शहर खाली
रुसले युक्रेनी सहर सेभेरोडनेस्क कब्जा गरेको दाबी गरेको छ । लुहान्स्क क्षेत्रको प्रशासनिक केन्द्र स्वयारोडोनेत्स्कका मेयर अलेक्ज्याण्डर स्ट्राइकले शनिबार भने कि रूसले युक्रेनको प्रमुख पूर्वी सहरमा धेरै दिनदेखि आक्रमण गरिरहेको छ। ठूलो बम विष्फोटबाट शहरको अधिकांश क्षेत्र ध्वस्त भएको थियो।
रुसी आक्रमणअघि सेभेरोडनेस्क सहरको जनसङ्ख्या करिब १० लाख थियो, जुन अहिले १० हजारमा झरेको छ । बम विष्फोटका कारण अधिकांश मानिसले सहर छाडेका थिए ।
रुसले रिभ्ने क्षेत्रमा दुईवटा मिसाइल प्रहार गरेको छ
रुसी सेनाले रिभ्ने क्षेत्रमा दुईवटा मिसाइल आक्रमण गरेको थियो । जसका कारण जनसङ्ख्या भएको क्षेत्रमा धेरै क्षति भएको छ । रिभ्ने क्षेत्रीय सैन्य प्रशासन प्रमुख भिटाली कोवलले यो जानकारी दिए। उनले भने कि यी आक्रमणमा कति मानिसहरु हताहत भएका छन् भन्ने बारे भने केही खुलाइएको छैन । जुन २५ को साँझदेखि युक्रेनको अधिकांश क्षेत्रमा हवाई आक्रमणको साइरन बजिरहेको थियो।
वि.सं.२०७९ असार १३ सोमवार १५:५४ मा प्रकाशित