back
CTIZAN AD

नर्वेमा आयोजित एभरेष्ट कप फुटवल प्रतियोगितामा नेपजुम युके प्रथम

वि.सं.२०७९ असार १३ सोमवार

819 

shares

प्रेम परियार, नर्वे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेद्धारा आयोजित एभरेष्ट कप फुटवल २०२२ भव्यताका साथ सम्पन्न भएको छ ।

नर्वेको राजधानी ओस्लोस्थित एकेवर्ग फुटबल खेल मैदानमा जुन २६ का दिन आयोजित उक्त फुटवलमा झण्डै २५० जनाको सहभागिता रहेको थियो ।

विगतका वर्षहरुमा जस्तै यस बर्षको खेलमा राष्ट्रिय अन्तराष्ट्रिय गरी ९ टिम सहभागी रहेका थिए । जसमा एनआरएनए नर्वे, नेपाली पोर्चुगीजÞ समाज (नेपोस), नेपाली जनसम्पर्क समिती, नेप्सा नर्वे, नेस्को नर्वे, योङ्ग व्वाइज टेलिमार्क नर्वे,Yong Dads, नेपजुम युके तथा भिकिङ यति स्वीडेनबीच प्रतिस्पर्धा भएको थियो ।

स्थानीय समय अनुसार बिहान ९ः३० बजे शुरु गरिएको उक्त मैत्री पूर्ण रनिंग शील्ड प्रतियोगिताको प्रमुख अतिथि एनआरएनए यूरोप संयोजक बसन्त भट्टराईले उद्घाटन गरेका थिए ।

खेलको माध्यमद्वारा नेपाली समुदायबीचमा अन्तरसम्बन्ध अझै मजबुत र सुमधुर बनाउन तथा युरोपमा रहेका नेपालीबीच एकता कायम गर्ने उद्धेश्यले गरिएको कार्यक्रम भव्यरूपमा सफल भएको एनआरएन नर्वेका महासचिव विष्णु गौतमले बताए ।

एनआरएन नर्वेका युवासंयोजक बिक्रम बस्नेतले संयोजन गरेको उक्त प्रतियोगितामा उपाध्यक्ष राजन अधिकारी लगायत कार्यसमितिका सदस्यहरुले आ–आफनो जिम्मेवारी र कार्यक्रमको व्यवस्थापन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा एनआरएन नर्वेका अध्यक्ष जीवन बहादुर शाही (प्रबिन), प्रमुख अतिथि सन्तोष भट्टराई, यूरोप युवा संयोजक किरण गुरुंङ, एनआरएनए स्वीडेनका अध्यक्ष राज कुमार पाठक तथा नर्वेमा क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधि, एनआरएन नर्वेका आईसीसी सदस्य संरक्षक, सल्लाहकारको उपस्थितिमा प्रमाणपत्र, प्रसंसापत्र, शिल्ड, ट्रफी र नगद पुरस्कार बितरण गरेका थिए ।

May be an image of 10 people, people standing and outdoors

नेपजुम युके बन्यो प्रथम, इबान बने उत्कृष्ट खेलाडी
प्रतियोगिता नेपजुम यूके टिमले प्रथम स्थान हासिल गरी शिल्ड, प्रमाण–पत्र र नगद हात पारेको छ भने उपबिजेता एनआरएन नर्वेले नगद, शील्ड ,प्रमाण–पत्र प्राप्त गर्न सफल भएको छ ।

त्यसैगरी उत्कृष्ट खेलाड़ीमा नेपजुम यूकेका खेलाड़ी ईबान गुरुंग सर्वाधिक १६ गोल गरी उत्कृष्ट घोषित भै नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन् । सहभागी नौ टीममध्ये भाईकिंग यति स्विड़ेनले अनुशासित टिम घोषितभै  प्रमाणपत्र प्राप्त गरेको छ ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष जीबन बहादुर शाहीले मन्तव्यको क्रममा कार्यक्रम सफल बनाउनका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैमा आभार व्यक्त गरेका थिए ।

महासचिव बिष्णु गौतमको संचालन रहेको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण खेलाडी तथा सहभागीहरुका लागि एनआरएनए नर्वेले खानाको व्यवस्था समेत गरेको थियो ।

No description available.

स्मरण रहोस् सन् २००८ मा नर्वेस्थित ओसको फुटबल कार्यक्रमको बेला चट्याङ्गमा परि दिवंगत भएका नेपाली बिद्यार्थी कन्चन कार्कीको स्मरणमा एनआरएनए नर्वेले आफनो वार्षिक कार्यतालिका अनुसार २०१३ देखि एभरेस्ट कप फुटबलको आयोजना गर्दै आएको छ ।

वि.सं.२०७९ असार १३ सोमवार १६:०५ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...