back
CTIZAN AD

सरकारले अमेरिकालाई पठायो एसपीपी अस्वीकार गरिएको पत्र

वि.सं.२०७९ असार १३ सोमवार

777 

shares

काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अस्वीकार गरिएको निर्णय अमेरिकालाई पठाएको छ । एसपीपी अस्वीकार गर्ने गत असार ६ को मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले पत्र पठाएको हो ।

सोमबार गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पत्र पठाइएको जानकारी दिएका थिए ।

“अमेरिकी सेना र नेपाली सेनाको बीचमा सहयोग आदान–प्रदान कार्यक्रम हुन्छ कि भन्ने देशभरि एउटा चर्चाको प्रसंग थियो र सदनमा पनि यो गम्भीरतापूर्वक छलफल र बहसमा आएको थियो”, राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले भनेका छन्, “मन्त्रिपरिषद्ले नै यो स्टेट पार्टनरसीप प्रोग्रामलाई अगाडि बढाइने छैन भन्ने निर्णय गरेको छ । त्यो निर्णय हामीले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई पठाएका छौं ।”

तत्कालिन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी सैन्य कार्यक्रम एसपीपीमा सहभागिताका लागि सन् २०१५ मा पहिलो पटक अमेरिकी सरकारलाई पत्र लेखेका थिए । जुन पत्रअनुसार अमेरिकाले एसपीपीमा आबद्ध नगराएपछि सेनाले पुनः २०१७ मा अर्को पत्र लेखेको थियो । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँगको समन्वयमा सेनाले अमेरिकालाई पत्र लेखेको थियो ।

एपपीपीमा आबद्ध हुन पत्र लेखेको झण्डै ४ वर्षपछि सन् २०१९ मा मात्रै नेपालको निवेदनलाई अमेरिकाले स्वीकार गरेको थियो । पछिल्लो पटक अमेरिकी सेनाको एसिया–प्रशान्त क्षेत्र प्रमुख जनरल चाल्स एन्थोनी फ्लिन नेपाल आएसँगै उक्त विषयमाथि चर्चा भएको थियो । चौतर्फी विरोध भएपछि सरकारले औपचारिक रुपमै एसपीपी अस्वीकारको निर्णय गरेको हो ।

वि.सं.२०७९ असार १३ सोमवार १८:०२ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...