Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

आज थप ४१ जनामा कोरोना संक्रमण, २० जना संक्रमणबाट मुक्त



काठमाडौं । नेपालमा आज थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी विवरण अनुसार पछिल्ला २४ घण्टामा गरिएको ३३५८ नमुना परीक्षणमा ४१ जना संक्रमित थपिएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमित निको भएका छन् । आज निको भएका २० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ४०९ रहेको छ ।

त्यस्तै कूल संक्रमित ९ लाख ७९ हजार ५६९ मध्ये हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेको छ ।

त्यसैगरी हाल २०८ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा रहनेको संख्या २०२ रहेको छ भने संस्थागत आइसोलेशनमा ६ जना र आइसीयुमा ३ जनाको उपचार भइरहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ७२९ मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।
नेपालमा केही दिनयता कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएको छ ।

आज १७३० नमुना परीक्षणमा २९ जनामा कोरोना संक्रमण


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता