back
CTIZAN AD

ई-सेवाबाट बीमाशुल्क भुक्तानी गर्दा क्यासब्याक अफर

वि.सं.२०७९ असार १३ सोमवार

798 

shares

काठमाडौं । ई-सेवाले बीमाको प्रिमियम तिर्दा क्यासब्याक अफर सार्वजनिक गरेको छ । ई-सेवाले मंगलबार परेको अन्तर्राष्ट्रिय बीमा जागरुकता दिवसका अवसरमा सो अफर सार्वजनिक गरेको हो ।

उक्त अफर अन्तर्गत कम्पनीले मंगलबार दिउँसो १२ बजेदेखि २ बजेसम्म ईसेवामार्फत जीवन बीमाको बीमाशुल्क भुक्तानी गर्दा रु २०० क्यासब्याक गर्न सकिने जनाएको छ ।

कम्पनीका अनुसार जीवन बीमा कम्पनीमा गई सोही दिन क्युआर मार्फत भुक्तानी गर्दा सोही क्यासव्याक पाउन सकिने छ । कम्पनीले ईसेवामार्फत भुक्तानी गर्दा ईसेवाले हाल सञ्चालन गरिरहेको लखपति योजनामासमेत सहभागी हुन सकिने जनाएको छ ।

कम्पनीले बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्सान गर्न लखपति योजना सञ्चालन गरिरहेको जनाएको छ । कम्पनीले भदौ ४ गतेसम्म सञ्चालन हुने यस योजनामा ईसेवाबाट कुनैपनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिहरुमध्येबाट बम्पर उपहारमा १ जनाले १ लाख रुपैयाँ प्राप्त गर्ने जनाएको छ ।

यसका साथै उपहार बिजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि रु २०/२० हजार नगद उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ । साथै, यस योजना संचालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरु मध्येबाट हरेक दिन १ जनाले गोलाप्रथामार्फत १ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ । कम्पनीका अनुसार उक्त योजना नेपालमा सञ्चालित सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागु हुने छ ।

वि.सं.२०७९ असार १३ सोमवार १७:०८ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...