काठमाडौं । नेपाली सिने क्षेत्रका महानायक राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।
प्रचण्ड निवास खुमलटारमा अध्यक्ष दाहाल र महानायक राजेश हमालवीच शुक्रबार बिहान धेटवार्ता भएको हो ।
संगीतकार चेतन सापकोटासहित खुमलटार पुगेका हमाल र दाहालबीच चलचित्र क्षेत्रका समस्या समाधानका विषय तथा राजनीतिका विषयमा छलफल भएको बताइएको छ ।
श्रोतका अनुसार अध्यक्ष दाहाल र हमालबीच एक्लाएक्लै पनि वार्ता भएको र उक्त वार्तामा के कुराकानी भयो भन्ने बाहिर खुलाईएको छैन ।

यद्यपी चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेपछि आंकांक्षीहरु सक्तिकेन्द्र धाइरहेको अवस्थामा हमाल पनि यसै विषयलाई लिएर प्रचण्ड निवास पुगेको आंकलन गरिएको छ ।
वि.सं.२०७९ असार १७ शुक्रवार १२:१९ मा प्रकाशित






























