काठमाडौं । काठमाडौंको केएमसी स्कुलको चमेनागृहमा कार्यरत एक युवती मृत भेटिएकी छन् ।
काठमाडौंको बुद्धनगरमा रहेको स्कुलमा कार्यरत काभ्रे तेमालकी २१ वर्षीया रमा रायमाझी शनिबार मृत फेला परेकी हुन् ।
प्रहरीका अनुसार रायमाझीको शब स्कुलको छात्रावास नजिकै झुण्डिएको अवस्थामा फेला परेको हो ।
रायमाझी डेढवर्षदेखि उक्त स्कुलमा कार्यरत थिइन् । हाल घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रायमाझीका आफन्तले उनको हत्या भएको भन्दै शब उठाउन दिएका छैनन् ।
सांकेतिक -फोटो
वि.सं.२०७९ असार १९ आइतवार ०९:१४ मा प्रकाशित






























