back
CTIZAN AD

आफैले घोषणा गरेको पार्टीबाट निष्काशित भए वामदेव गौतम

वि.सं.२०७९ असार १९ आइतवार

651 

shares

काठमाडौं । मंगलबार मात्र ’नेकपा एकता राष्ट्रिय अभियान’ नामक पार्टी घोषणा गरेका सो पार्टीका संयोजक वामदेव गौतम आफ्नै पार्टीबाट निश्काशनमा परेका छन् ।

नेपालका कम्युनिष्ट पार्टीहरुलाई एउटै छानामुनि ल्याउने उद्धेश्यले मंगलबार मात्र केही पार्टीहरुलाई मिसाई ’नेकपा एकता राष्ट्रिय अभियान’ पार्टीको घोषणा गरेका गौतमलाई आम नेपाली पार्टी, नेकपा (राष्ट्रवादी), आधुनिक नेपाल समाजवादी पार्टी र समाजवादी केन्द्र नेपालले आफु्हरुलाई देखाएर गौतमले जथाभावी गर्न खोजेको भन्दै पार्टीबाट निकालेको बताएका छन् ।

‘मंगलबार धोविघाटमा भएको भेलामा प्रस्तुत राजनीतिक प्रतिवेनलाई दलाल पुँजीवादी नोकरशाही वर्गसँग मेल खाने कम्युनिष्ट पार्टीको कुनै वर्ग शत्रु नै नरहेको विषय राजनीतिक प्रतिवेदनमा कमरेड वामदेव थगौतमद्धारा उल्लेख गरिएको हुँदा सो प्रतिवेदनमा हामी उल्लेखित चार दल समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीको घोर विरोध तथा आपत्ति रहेको छ’ चार पार्टीद्धारा संयुक्तरुपमा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै नेपालको कुनै विदेशी दुश्मन शक्ति घोषित नभए पनि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद नेपालका लागि सधै चुनौती र खतराको रुपमा रहेको समेत उनीहरुको ठहर छ ।

‘भारतीय विस्तारवादले नेपालको सीमाना मिच्ने, सिमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिक माथि अत्याचर गर्ने गरेको, नेपालको नदीनाला कब्जामा लिने लगायतका कार्य गरेको, नेपाल र भारतबीच भएका मैत्री सन्धी पालना नगरिएको र अमेरिकी साम्राज्यवादले एमसीसी,एमसीसीमार्फत् नेपालको छिमेकी राष्ट्र चीनको विरुद्धमा गतिबिधि गरिरहन खोजेको छ । त्यस्तै संयोजक कमरेड बामदेव गौतमद्धारा प्रस्तुत राजनीतिक प्रतिवदनमा असमान सन्धी सम्झौताको विषयमा समेत मौनता साँधेको देखियो ।’ विज्ञप्तिमा भनिएको छ ।

गौतमको प्रतिवेदनमा रहेको यी विषयमा आफुहरुको सैद्धान्तिक तथा बैचारिक मतभेद भएको साथै अभियानमा आवद्ध उल्लेखित चार राजनीतिक दलहरुलाई सम्मानित व्यवहार नगरिएको, एकलौटी ढंगले गौतम अगाडि बढेको तथा अभियानबाट पारित पाँचबुँदे आरोपपत्रको आधारमा शनिबारैदेखि अभियानमा आवद्ध चार पार्टीको बहुमतबाट गौतमलाई संयोजक पदबाट निष्कासन गरेर अभियानका सचिवालय सदस्य युवराज सफललाई उक्त अभियानको संयोजक चयन गरिएको बताइएको छ ।

समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, आम नेपाली पार्टी र नेकपा (राष्ट्रवादी)का नेतृत्वहरुको संतुगलस्थित एक पार्टी प्यालेसमा हालै बसेको बैठकले सफललाई अभियानको संयोजकमा चयन गर्दै अभियानको ११ असारमा निर्माण गरिएको केन्द्रीय समिति भंग गरी, पछि विस्तार गर्न मिल्ने गरी राष्ट्रिय अभियानको केन्द्रीय समिति चयन गर्ने निर्णय गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७९ असार १९ आइतवार १२:१४ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...