
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ ।
काठमाडौंको कमलादीमा तीनदिनसम्म चल्ने उक्त बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका नौ ऐजेण्डा सार्वजनिक गरेका छन् ।
अध्यक्षद्धारा प्रस्तुत उक्त नौ ऐजेण्डामा नयाँ सदस्यहरुको सपथग्रहण, बैठक सन्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङ, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध रहेको बताइएको छ ।