back
CTIZAN AD

बिजबजारको भारी छुट सहितको “२० मा बिज” क्याम्पेन आजदेखि

वि.सं.२०७९ असार १९ आइतवार

723 

shares

काठमाडौं । ई-कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्च र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने “२० मा बिज” नामक क्याम्पेन अन्तर्गतको असार महिनाको क्याम्पेन आज १९ गते राती १२ बजे देखि २२ गते सम्म लाइभ हुने भएको छ । नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा आएको हो ।

बिजबजारले यही असार २० गतेका दिन बिजबजारले अपराह्न ४ बजे देखि राति ८ः२० बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप तथा खेलहरू सञ्चालन गर्ने जनाएको छ भने भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् ।

यस क्याम्पेनअन्तर्गतको सेभ विग योजनामा सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानहरूमा मात्र भारी रकम छुट प्राप्त गर्न सक्नेछन् भने भाग्यमानी योजना अन्तर्गत कम्तीमा रु ३ हजार बराबरको सामान खरिद गर्ने सेवाग्राहीहरू मध्ये एक भाग्यशाली ग्राहकले लक्किड्र मार्फत उपहार स्वरूप स्मार्टफोन प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

No description available.

त्यसैगरी असार २० गते, बिजबजार ई–कमर्स प्लेटफर्ममा रजिस्टर्ड हुने नयाँ ग्राहकहरूले रु १२० बराबरको डिस्काउन्ट कुपन प्राप्त गर्ने बताइएको छ । त्यस्तै सेवाग्राहीहरूले बिजबजारको अफिसियल सामाजिक सञ्जाल तथा वेबसाइटमा प्रतिक्रिया दिँदा रु १०० बराबरको मोबाइल टप अप समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको अर्को योजना “पानी पर्याे अफर झर्याे”अन्तर्गत २० जना भाग्यशाली सेवाग्राहीहरूले बिजबजारको तर्फबाट छुट साथै आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार क्याच एण्ड वीन खेलमा सहभागी हुँदा सेवाग्राहीले ५ वटा आकर्षक उपहार जित्न सक्नेछन् भने गेस द प्रोडक्ट खेल खेल्दा मोबाइल टप अप समेत प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी सो क्याम्पेनका दिन “यसमै छ खुसी“ योजनामा अफरहरूको टाइमर सेट हुनेछ जस्मा सेवाग्राहीहरूले समय अनुसार परिवर्तन हुने विभिन्न दरमा छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । साथै, हेल्थ एण्ड व्युटी, गो स्पोर्टस् क्रेजी, बेबी डीलस् जस्ता अन्य अफर र योजनाहरू समेत रहेका र २० मा बिजका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ ।

 

वि.सं.२०७९ असार १९ आइतवार १२:४३ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...