back
CTIZAN AD

एसपीपीबारे गृहमन्त्रीले दिएको अभिव्यक्ति झुट, परराष्ट्र मन्त्रालय भन्छ– अमेरिकालाई पत्राचार भएको छैन

वि.सं.२०७९ असार १९ आइतवार

780 

shares

काठमाडौं । सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेको दुई साता पुग्न लाग्दा पनि अमेरिकालाई पत्राचार नगरेको पाइएको छ । गत असार ६ मा मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्ने निर्णय गरे पनि हालसम्म पत्राचार नगरेको पाइएको हो ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकी सरकारलाई गर्ने पत्राचारका अध्ययन भइरहेको जानकारी दिइन् । सरकारको निर्णय मन्त्रालयले प्राप्त भएको बताएकी उनले सरकारको निर्णयलाई कूटनीतिक माध्यमबाट कार्यान्वयन गर्दै पत्राचार गर्ने जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित भएको बताइन् । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिरहेको जानकारी दिएकी उनले भ्रमण मितिको टुंगो लाग्न भने बाँकी रहेको बताइन् ।

तर, असार १३ मा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पत्र पठाइएको बताएका थिए । उनले असार ६ को मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरेको बताएका थिए ।

“अमेरिकी सेना र नेपाली सेनाको बीचमा सहयोग आदान–प्रदान कार्यक्रम हुन्छ कि भन्ने देशभरि एउटा चर्चाको प्रसंग थियो र सदनमा पनि यो गम्भीरतापूर्वक छलफल र बहसमा आएको थियो”, राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले भनेका थिए, “मन्त्रिपरिषद्ले नै यो स्टेट पार्टनरसीप प्रोग्रामलाई अगाडि बढाइने छैन भन्ने निर्णय गरेको छ । त्यो निर्णय हामीले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई पठाएका छौं ।”

सम्बन्धित समाचार

सरकारले अमेरिकालाई पठायो एसपीपी अस्वीकार गरिएको पत्र

वि.सं.२०७९ असार १९ आइतवार १६:१७ मा प्रकाशित

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...