
काठमाडौं । सिटिजन्स बैंकले काठमाडौं उपत्यकामा तीन नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले शाखाविस्तार गर्ने क्रममा आफ्नो १७५औं, १७६औं तथा १७७औं शाखा काठमाडौं को ठूलो भर्याङ्ग, थली र बुढानिलकण्ठमा गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको हो ।
यी तीन शाखा संगै बैंकको काठमाडौं उपत्यकाभित्र ३२ वटा शाखाहरु संचालनमा रहेको बैंकले जनाएको छन् । बैंकले यस शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको जनाएको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
बैंकका अनुसार ग्राहकहरुको वित्तीय आवश्यकताहरु सरल र सहजतवरले प्रवाह होस् भन्ने अभिप्रायका साथ बैंकले हालसालै काठमाडौं को नारायण गोपालचोक शाखा, नवलपरासीको अमरापुरी शाखा, रुपन्देहीको बाँसगढी शाखा र हुम्लाजिल्लाको सिमिकोट शाखा गरी ४ वटा शाखा स्थानान्तरण गर्ने कार्य समेत सम्पन्न गरिसकेको छ ।
बैंकले रु १ खर्ब ४८ अर्ब निक्षेप संकलनगरि रु १ खर्ब ३४ अर्ब कर्जा प्रबाहगरी करिब १४ लाख ग्राहकहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आएको जनाएको छ । कर्जा निक्षेप अनुपातका सँगै अन्य वित्तीय परिसूचकहरु पनि नियम कनिकायले तोकेको सिमाभित्रै कायम गरेको बैंकले दावी गरेको छ ।