back
CTIZAN AD

माओवादी बैठकमा नेतृत्वलाई व्यंग्य, पदाधिकारी टुंग्याउन नसक्नेले कसरी देश बनाउँछ ?

वि.सं.२०७९ असार २० सोमवार

849 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेतृत्वमाथि व्यंग्य गरिएको छ । आठौं महाधिबेशन सकिएको लामो समयसम्म पनि नेतृत्वले पदाधिकारीको टुंगो लगाउन नसकेको भन्दै त्यस्ता नेतृत्वले देश कसरी बनाउँछ भन्ने व्यग्यं गरिएको हो ।

आइतबारदेखि सुरु भएको केन्द्रको केन्द्रीय समिति बैठकको आज दोश्रोदिन पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार प्रस्तुत गरेको १० बुँदे राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । उक्त छलफलकै क्रममा माओवादी नेता सुदन किरातीले नेतृत्वमाथि यस्तो व्यंग्य गरेका हुन् ।

‘चिनियाँ उखान छ आफ्नो घर बनाउन नसक्नेले समाज बनाउन सक्दैन । पार्टी संरचना बनाउन नसक्नेले मुलुक बनाउन सकिँदैन भन्ने सन्देश गयो । पदाधिकारी बनाउन सक्नु भएन भने जनवाद प्रयोग गरौ हामी बनाउँछौ ।’ किरातीले भनेका थिए ।

आइतबारको बैठकमा बागमती प्रदेश प्रमुख सरल सहयात्रीले तीनदिनको र्बैठक पाँचदिन लम्ब्याएर पनि पदाधिकारीको टुंगो लगाउनुपर्ने माग गर्दै पार्टीलाई भद्रगोल अवस्थामा राख्न नहुने बताएका थिए ।

त्यस्तै मधेश प्रदेश इन्चार्ज गणेश साहले पनि मधेश प्रदेशका पदाधिकारीहरुको टुंगो लगाउनुपर्ने माग राखेका थिए । साहले पार्टीले मधेशका ऐजेण्डाबारे छलफल नगरेको भन्दै पार्टीमा नेतृत्व बिहिनता अन्त्य हुनुपर्ने माग राखेका थिए । उनले मधेशमा पार्टी कमजोर भएको विषयमा समेत निमर्म समिक्षा गर्नुपर्ने माग राखेका थिए ।

वि.सं.२०७९ असार २० सोमवार १३:४९ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...