back

माओवादी बैठकमा नेतृत्वलाई व्यंग्य, पदाधिकारी टुंग्याउन नसक्नेले कसरी देश बनाउँछ ?

वि.सं.२०७९ असार २० सोमवार

213 

shares
RBB AD
NTC AD

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेतृत्वमाथि व्यंग्य गरिएको छ । आठौं महाधिबेशन सकिएको लामो समयसम्म पनि नेतृत्वले पदाधिकारीको टुंगो लगाउन नसकेको भन्दै त्यस्ता नेतृत्वले देश कसरी बनाउँछ भन्ने व्यग्यं गरिएको हो ।

आइतबारदेखि सुरु भएको केन्द्रको केन्द्रीय समिति बैठकको आज दोश्रोदिन पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार प्रस्तुत गरेको १० बुँदे राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । उक्त छलफलकै क्रममा माओवादी नेता सुदन किरातीले नेतृत्वमाथि यस्तो व्यंग्य गरेका हुन् ।

‘चिनियाँ उखान छ आफ्नो घर बनाउन नसक्नेले समाज बनाउन सक्दैन । पार्टी संरचना बनाउन नसक्नेले मुलुक बनाउन सकिँदैन भन्ने सन्देश गयो । पदाधिकारी बनाउन सक्नु भएन भने जनवाद प्रयोग गरौ हामी बनाउँछौ ।’ किरातीले भनेका थिए ।

आइतबारको बैठकमा बागमती प्रदेश प्रमुख सरल सहयात्रीले तीनदिनको र्बैठक पाँचदिन लम्ब्याएर पनि पदाधिकारीको टुंगो लगाउनुपर्ने माग गर्दै पार्टीलाई भद्रगोल अवस्थामा राख्न नहुने बताएका थिए ।

त्यस्तै मधेश प्रदेश इन्चार्ज गणेश साहले पनि मधेश प्रदेशका पदाधिकारीहरुको टुंगो लगाउनुपर्ने माग राखेका थिए । साहले पार्टीले मधेशका ऐजेण्डाबारे छलफल नगरेको भन्दै पार्टीमा नेतृत्व बिहिनता अन्त्य हुनुपर्ने माग राखेका थिए । उनले मधेशमा पार्टी कमजोर भएको विषयमा समेत निमर्म समिक्षा गर्नुपर्ने माग राखेका थिए ।

वि.सं.२०७९ असार २० सोमवार १३:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुरौदी फाँटमा आचार्यको व्यावसायिक कृषिकर्म

सुरौदी फाँटमा आचार्यको व्यावसायिक कृषिकर्म

गण्डकी । रोजगारीको खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएको वास्तविकतामा यहीँ...

राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन...

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

नेपालगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा...

प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव...

एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ परे ?

एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ परे ?

काठमाडौं । सरकारले एकैपटक ४८ जना उपसचिवको सरुवा गरेको छ...

अप्रिलमा मात्रै १ लाख बढी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

अप्रिलमा मात्रै १ लाख बढी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

काठमाडौँ । नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...