back
CTIZAN AD

खोटाङ भगवती माविका पूर्व विद्यार्थीहरुद्धारा गुरुलाई सम्मान

वि.सं.२०७९ असार २१ मंगलवार

1.2K 

shares

सुरेश चाम्लिङ्ग, काठमाडौँ । खोटांग बजारस्थित भगवती माध्यमीक बिद्यालयका पूर्व बिद्यार्थीहरुले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त बिद्यालयका शिक्षक तथा सोहि विद्यालयाबाट एसएलसी दिएर विद्यावारिधी समेत गरेका व्यक्तित्वहरुलाई सम्मान गरेका छन् ।

उक्त सम्मान कार्यक्रममा तत्कालिन प्र अ माणिकलाल प्रधानले भगवती माविका शिक्षकहरु विद्यार्थीका लागि बाउआमा जस्तो अभिभावक भएको र विद्यार्थीहरु छोराछोरी जस्तै गरी बाउ आमाको सम्मान गर्दा खुशी लागेको बताए ।

त्यस्तै तत्कालीन नेपाली शिक्षक लोमश न्यौपानेले हरेक कार्य व्यस्तताको बाबजुद २०३८ साल कै बिद्यार्थीहरुले यो कार्यक्रम गर्नुमा यो ग्रुप बढी सक्रिय रहेको तथा विद्याथी र शिक्षकलाई भेट गराएर सम्मान समेत गरेको भन्दै खुसी व्यक्त गरे ।

May be an image of 7 people and people standing

अर्का गणित शिक्षक देबी कुमार राईले धेरैपछी बिद्यार्थी र शिक्षकको भेटघाट जुराएकोमा समुहलाई धन्यवाद दिदैं खुशी व्यक्त गरे ।

उक्त कार्यक्रममा बिद्यालयका २०३८ साल ब्याजी सुरेश चामलिंगले कार्यक्रमका औचित्य बारे प्रस्ट पार्दै गुरुहरु र विद्यार्थी स्वयम् पनि जीवनको उत्तर्राद्धतिर लागी रहेको बताउँदै यस्तो अवस्थामा गुरुहरुको सम्मानले विशेष महत्व राख्ने बताए ।

No description available.

कार्यक्रममा अन्य शिक्षकहरु शिब भट्टराई, मोति उदाशलगायतले पनि आफ्ना भनाई राखेका थिए ।

एक्स स्टुडेन्ट अफ श्री भगवती हाइस्कुल २०३८(इशोभ्स –३८) का बिद्यार्थी समुहले गरेको उक्त कार्यक्रममा सोहि बिद्यालयबाट एस एलसी गरी बिद्यावारिधी गरेका डा बिष्णु राई, डा जय लम्साल र डा मेघराज बन्जारालाई पनि सम्मान गरिएको थियो ।

No description available.

त्यस्तै इशोभ्स –३८ का बिद्यार्थीहरु समाजसेवी अशोक प्रधान, काठमाडौं महानगरका वरिष्ठ इन्जिनियर रबिन्द्र राई, रेडियो नेपालका मुख्य प्रशासकीय अधिकृत प्रेम प्रसाद भट्टराई, तिमाल गाउँपालिकाका मुख्य प्रशासकीय अधिकृत केदार ढकाल तथा सरोज ओझा, शम्भु कार्की र प्रेम राई रहेका थिए । साथै अन्य उपस्थितिमा दिप राजा उदाश, संजय राई, कुमारी कमला राई पवन कुमार पौडेल, राम प्रसाद ढकाल, बिशाल भट्टराई लगायत रहेका थिए ।

No description available.

अशोक प्रधानको ब्यबस्थापन तथा प्रेम भट्टराइको उद्घोषणमा सम्पन्न कार्यक्रम काठमाडौँ सुकेधारास्थित युनिभर्सल क्याफेमा औपचारिक र अनौपचारिक गरी कार्यक्रम २ दिन चलेको थियो ।

वि.सं.२०७९ असार २१ मंगलवार १२:२३ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...