back
CTIZAN AD

आज नेपाल र क्यानडा प्रतिस्पर्धा गर्दै

वि.सं.२०७९ असार २१ मंगलवार

705 

shares

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाको क्रिकेट टोलीसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय अन्तर्गत नेपाली टोलीले आज राती ९ः४५ बजे घरेलु टोली क्यानडासँग सामना गर्न लागेको हो ।

किङ सिटी स्टेडियममा हुने खेल दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाल पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय बुधबार हुनेछ ।

विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो ।

क्यानडासँगको सिरिजपछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन् । नेपालले स्कटल्याण्डमा हुने ‘लिग टू’ अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

 

वि.सं.२०७९ असार २१ मंगलवार १२:२७ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...