back
CTIZAN AD

विधिवतरूपमै जसपाबाट अलग हुँदै बाबुराम, यस्ताे छ तयारी

वि.सं.२०७९ असार २१ मंगलवार

960 

shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)भित्र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट नेताहरुलाई समेटेर पार्टीकै नेतृत्व हत्याउने दाउ खेलिरहेका थिए । उनले संसदीय दल र केन्द्रीय समितिमा पनि आफ्नो पक्षमा बहुमत पुर्‍याएका थिए ।

भट्टराईले एकातिर सरकारमा सहभागि मन्त्रीहरुलाई आफ्नो पक्षमा पारेका थिए भने अर्कोतिर मन्त्री बन्न नपाएका असन्तुष्टहरुलाई अध्यक्ष यादवविरुद्ध प्रयोग गरेका थिए । तर, अध्यक्ष यादवले भट्टराईको चालबाजीलाई क्रस गर्दै असन्तुष्टलाई प्रयोग गरेर आफुलाई पुनः पार्टीमा बलशाली बनाएका छन् । उनले भट्टराईले आफुँविरुद्ध प्रयोग गरेका नेताहरुलाई नै छानेर मन्त्री बनाएका छन् ।

यादवको पछिल्लो कदमसँगै संघीय परिषद् अध्यक्ष जसपाभित्र निकै कमजोर बनेका छन् । उनको पक्षमा संसदीय दल र केन्द्रीय समितिमा निकै सीमित नेताहरु छन् । पछिल्लो रस्साकस्सीसँगै भट्टराई वैधानिक रुपले पनि पार्टी विभाजन गर्न नसक्ने अवस्थामा पुगेका छन् । अहिले पार्टी विभाजन गर्न संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत पुर्‍याउनुपर्ने बाध्यकारी व्यवस्था छ । जसका कारण वैधानिक रुपबाट भट्टराई पार्टी विभाजन गर्न सक्षम छैनन् ।

विधिवत रुपमै छुट्टिने तयारी

जसपा अध्यक्ष यादवले आगामी असार २९ देखि ३० गतेका लागि पार्टीको केन्द्रीय कार्यकारिणी बैठक बोलाएका छन् । वीरगन्जमा यादवले बैठक डाकेकै बेला भट्टराईले पनि काठमाडौंमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् । जसपाका एक नेताले बताएअनुसार विधिवत रुपमै अलग्गिने तयारी स्वरुप दुई बैठक बोलाइएको हो ।

उनले बताएअनुसार भट्टराई पक्षले उक्त बैठकबाट छुट्टै पार्टी दर्ता गरेर जान सक्छ । भट्टराईले पनि सो दिशातर्फ जानसक्ने संकेत सामाजिक सञ्जालबाटै गरिसकेका छन् । उनले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बढेर गएको बताएका छन् । उनले वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने दिशामा अघि बढ्ने साहस गर्न आव्हान पनि गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “देशमा वैकल्पिक राजनीति र शक्तिको आवश्यकतारऔचित्य सिद्धिएको वा नभएको हैन बरू बढेर गएको छ। साथै हामीले केही समय यता गर्दै आएको प्रयोग पनि त्यति परिणाममुखी हुनसकिरहेको छैन। अतः यसको निर्मम समीक्षा गरेर अघि बढ्ने साहस गरौं १ युगीन कार्यभार सजिलैरछिटै पूरा हुन्नन्।”

समावेशी लोकतन्त्र पार्टीलाई ब्यूँताउँदै बाबुराम

जसपाभित्र विवाद देखिन थालेकै बेला बाबुराम पत्नीसमेत रहेका नेतृ हिँसिया यामीको पहलमा ०७८ फागुन ५ मा निर्वाचन आयोगमा समावेशी लोकतन्त्र पार्टी दर्ता भएको थियो । दीपक लामिछानेको अध्यक्षतामा दर्ता भएको पार्टीलाई सक्रिय बनाउने तयारी भट्टराईको छ ।

भट्टराईनिकट एक नेताले बताएअनुसार जसपाभित्रका आफुँ र अशोक राई खेमाका नेताहरुसँगै केही वाम साना पार्टीहरुलाई जोड्ने तयारीमा भट्टराई छन् । बताइएअनुसार काठमाडौं भेलाले उक्त विषयमा निर्णय गर्नेछ ।

वि.सं.२०७९ असार २१ मंगलवार १३:३८ मा प्रकाशित

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...