back
CTIZAN AD

संखुवासभाको मादी हत्याकाण्ड : चारजनालाई आजीवन कैद सजाय

वि.सं.२०७९ असार २१ मंगलवार

1K 

shares

काठमाडौं । संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको ज्यान जाने गरी घटना घटाएका ४ अभियुक्तलाई आजीवन कैद सजाय सुनाइएको छ ।

मादी नगरपालिका १ खोलागाउँका एकै पविारका ६ जनाको हत्याको अभियोगमा संलग्न रहेका ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, लोकबहादुर कार्की र उनका बुबा ४९ वर्षीय रणबहादुर कार्कीलाई अजीवन कैदको फैसला सुनाइएको हो ।

जिल्ला अदालत संखुवासभाले सोमबार हत्यामा संलग्न चार जनालाई आजीवन कैद र प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले क्षतिपूर्ति तिराउने फैसला गरेको छ भने अर्का १७ वर्षीय नरेश कार्कीलाई १६ वर्ष तीन महिना कैदको फैसला सुनाइएको छ ।

२०७८ भदौ २१ गते बिहान खोलागाउँका ८४ वर्षीया पार्वती कार्की, उनका छोरा ५५ वर्षीय तेजकुमार कार्की, बुहारी ५४ वर्षीया मनमाया कार्की, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षीय दिपेन कार्की र पनातिनी ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

पुरानो रिसइबीका कारण उक्त समूहले २१ गते बिहान साढे ५ बजेतिर खेताला बोलाउन आफ्नो घरमा आएका तेज कुमार कार्की र उनको परिवारको हत्या गरेका थिए ।

 

वि.सं.२०७९ असार २१ मंगलवार १३:२२ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...