back
CTIZAN AD

डुंगा डुब्दा १५ जना बेपत्ता

वि.सं.२०७९ असार २१ मंगलवार

1.1K 

shares

जाकार्ता । इन्डोनेसियाको आरफुरा समुन्द्रमा डुंगा डुब्दा कम्तीमा पनि १५ जना मछुवा (माछा मार्ने व्यक्ति) बेपत्ता भएका छन् । डुंगा डुब्दा ती मछुवा बेपत्ता भएका र उनीहरुको खोजी कार्य जारी रहेको इन्डोनेसियाका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरु गएको शनिबारदेखि नै बेपत्ता रहेका र खोजी कार्य जारी रहेको उद्धार टोलीमा खटेका एकजना अधिकारीले जानकारी दिएका छन् ।उनका अनुसार मङ्गलबार खराब मौसम तथा हावाहुरीका कारण यहाँको आरफुरा समुन्द्रमा डुंगा पल्टिएको थियो । उक्त डुंगा दुर्घटनापछि यसका रहेका मछुवामध्ये कम्तीमा पनि १५ जना अहिलेसम्म पनि बेपत्ता रहेका छन् ।

उद्धार कार्यमा खटेका अधिकारीहरुले दिएको जानकारी अनुसार उनीहरु आइतबार र सोमबार खोज्दा पनि भेटिएका छैनन् । इन्डोनेसियाको पपुवा प्रान्तमा अवस्थित खोजी तथा उद्धारसम्बन्धी कार्यालयका प्रवक्ता दर्मावान विदीले दिएको जानकारी अनुसार सो डुंगामा कम्तीमा पनि २५ जना नागरिक रहेका थिए ।

तीमध्ये १० जनाको शनिबार नै सकुसल उद्धार गरिएको थियो भने अरु १५ जना हराइरहेका छन् । उद्धार जारी रहेको तर उनीहरु जिवीतै भेटिने सम्भावना भने अब नरहेको अधिकरीहरुले जनाएका छन् । सिन्ह्वा /फाइल फोटो

वि.सं.२०७९ असार २१ मंगलवार १३:१७ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...