back
CTIZAN AD

खुमलटार बैठक : पदाधिकारी टुंगो लगाउने जिम्मा प्रचण्डलाई

वि.सं.२०७९ असार २१ मंगलवार

795 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पूर्व स्थायी समिति बैठकले पदाधिकारीको टुंगो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मा दिने निर्णय गरेको छ । केन्द्रीय समिति बैठक स्थगित गरिएपछि प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेताहरुले सबै पदमा नाम अध्यक्षबाटै प्रस्ताव गर्नु उपयुक्त हुने धारणा राखेका थिए । बैठकबारे जानकारी दिँदै नेता गणेश शाहले भनेका छन्, “पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो टुंगो लगाउने सबै अधिकार पार्टी अध्यक्षलाई दिएका छौं । अब उहाँले नै सबै पदमा नाम प्रस्ताव गर्नुहुने छ ।”

अहिले विशेषगरि महासचिव को हुने भन्ने विषय निकै पेचिलो देखिन्छ । बैठकले आंकाक्षीसँग छलफल गरेर टुंग्याउन अध्यक्षलाई सुझाएको नेता शाहले जानकारी दिए । सहमति हुन नसके वैकल्पिक पात्र उभ्याउन पनि अध्यक्ष सुझाब दिएको उनले बताए । विशेषगरि जनार्दन शर्मा र वर्षमान पुनले महासचिव पदमा दाबी गरेका छन् ।

माओवादी विधानमा अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । प्रचण्डले नेताहरुको सुझाबसँगै भोली बस्ने केन्द्रीय समिति बैठकमा अन्तिम नाम प्रस्ताव गर्नेछन् ।

सम्बन्धित समाचार

प्रचण्ड निवासमा शीर्ष नेताहरुको बैठक, पदाधिकारी टुंग्याउने तयारी

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित

वि.सं.२०७९ असार २१ मंगलवार १४:२६ मा प्रकाशित

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...