back
CTIZAN AD

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित

वि.सं.२०७९ असार २१ मंगलवार

858 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको राजधानीमा जारी बैठक स्थगित भएको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा २ दिनदेखि जारी केन्द्रीय समितिको बैठक आज अन्तिम दिन स्थगित गरिएको बताइएको छ ।

सो पार्टीका प्रवक्ता कृष्ण बहादुर महराका अनुसार आज ११ बजे बस्ने भनिएको बैठक स्थगित गरेर भोली बुधबार बस्ने भएको हो ।

आजको बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पेश गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने र बैठक समापन गरिने बताइएको थियो ।

आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा सोमबारसम्म सदस्यहरुले प्रचण्डको प्रतिवेदनमाथि आफ्नो धारणा राखेका थिए ।

स्रोतका अनुसार यहि बैठकले नै पदाधिकारीको टुंगो लगाउन नेतृत्वमाथि दवाव बढेपछि अध्यक्ष प्रचण्डले पदाधिकारी चयनका लागि आन्तरिक छलफल थालेका छन् ।

धारणा राख्ने क्रममा अधिकांशले पार्टीलाई भद्रगोल अवस्थामा नराखी यहि बैठकबाट पदाधिकारी चयन गर्न नेतृत्वलाई दवाव दिइरहेका थिए । साथै आगामी निर्वाचनमा गठबन्धन भन्दा एक्लै प्रतिश्पर्धा गर्नुपर्ने, स्थानीयतह निर्वाचनमा भएका अन्तर्घातको छानविन गरी कारबाही गर्नुपर्ने लगायतका धारणा समेत राखेका थिए ।

 

माओवादी केन्द्रीय समिति बैठकको दोस्रो दिन, आज कुन नेताले के भने ?

वि.सं.२०७९ असार २१ मंगलवार ११:४१ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...