back

आज २ प्रदेशमा भारी वर्षाको सम्भावना, यी नदीको वहाव बढ्न सक्ने

वि.सं.२०७९ असार २१ मंगलवार

723 

shares

काठमाडौं । हाल देशैभरी सक्रिय रहेको मनसुनी वायुको प्रभावका कारण देशभर आँशिक देखि सामान्य बदली रही देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
त्यस्तै राति पनि देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै बाढी पूर्वानुमान महाशाखाका अनुसार आगामी ३ दिनसम्म प्रमुख नदीहरूको बहाव सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेको छ ।

त्यस्तै सिन्धुपाल्चोक, बाग्लुङ, डोटी, कन्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला आसपास भइ बहने स–साना नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक वहाव समेत हुन सक्ने पूर्वानुमान रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

वि.सं.२०७९ असार २१ मंगलवार ०९:१५ मा प्रकाशित

Himalayan Life AD
सन्तोष परियारले छाडे रास्वपा

सन्तोष परियारले छाडे रास्वपा

काठमाडौं । सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका छन्...

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका...

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

काँक्रेविहार (सुर्खेत)। दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु...

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको...

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

काठमाडौं । काठमाडौं महानगरले नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा...