back
CTIZAN AD

आज २ प्रदेशमा भारी वर्षाको सम्भावना, यी नदीको वहाव बढ्न सक्ने

वि.सं.२०७९ असार २१ मंगलवार

924 

shares

काठमाडौं । हाल देशैभरी सक्रिय रहेको मनसुनी वायुको प्रभावका कारण देशभर आँशिक देखि सामान्य बदली रही देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
त्यस्तै राति पनि देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै बाढी पूर्वानुमान महाशाखाका अनुसार आगामी ३ दिनसम्म प्रमुख नदीहरूको बहाव सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेको छ ।

त्यस्तै सिन्धुपाल्चोक, बाग्लुङ, डोटी, कन्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला आसपास भइ बहने स–साना नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक वहाव समेत हुन सक्ने पूर्वानुमान रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

वि.सं.२०७९ असार २१ मंगलवार ०९:१५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...