काठमाडौं । नेपाली युवा उद्यमी मञ्च(एनवाइईएफ)को १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । यहि आषाढ १७ गते काठमाडौंमा मञ्चको सो सभा सम्पन्न भएको हो ।
निर्धारित लक्ष्य प्राप्ति गर्ने उद्देश्यले यस वर्षको सबैजसो क्रियाकलापहरु आयोजना गरिएको मञ्चले जनाएको छ । जसमा सदस्यहरुको सञ्जाल, च्याप्टर सवलिकरण, संस्थाको गन्तव्य र तीन वटै तहका सरकारी निकायमा बलियो प्रभाव तथा समन्वय स्थापित गर्नु रहेको मञ्चले जनाएको छ । १८औं सभाको मुख्य विषय वस्तु “इनहेन्स” रहेको बताइएको छ ।
यसैगरी, कार्यक्रमरुलाई परिष्कृत गर्दै मान्यता सिर्जना मार्फत सदस्यहरुको सन्तुष्टी अभिवृद्धि गरी टीमको बलबाट सन् २०२५ को लक्ष्य प्राप्ति गर्नु रहेको मञ्चले जनाएको छ ।
उक्त कार्यक्रमको उद्घाटन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले गरेका थिए । उक्त कार्यक्रममा मुख्य अतिथी उद्योगपति चन्द्र प्रसाद ढकाल, नेपाल सुन्दरी प्रियन्का रानी जोशी र विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो । साथै सो अवसरमा नयाँ राष्ट्रिय परिषदको समेत गठन गरिएको थियो ।
१. रितेश लामिछाने – अध्यक्ष
२. उदीपश्रेष्ठ – निवर्तमान अध्यक्ष
३. सहारा जोशी – प्रथम उपाध्यक्ष
४. कुशल सुन्दर श्रेष्ठ – द्वितीय उपाध्यक्ष
५. निभिताप्रधान – महिला उपाध्यक्ष
६. सुदिप घिमिरे – कार्यकारी सदस्य
७. ऋचाश्रेष्ठ – कार्यकारी सदस्य
८. कृष्ण सापकोटा – कार्यकारी सदस्य
९. पवित्रागौतम – कार्यकारी सदस्य
१०. आभुषण ज्योति कंसाकार – कार्यकारी सदस्य
११. पुनित बैद्य – कार्यकारी सदस्य
सो अवसरमा मञ्चबाट विगतमा गरिएका क्रियाकलाप र भावी योजनाहरु प्रस्तुत गरिएको थियो । नवनिर्वाचित अध्यक्ष रितेश लामिछानेले सन् २०२२-२३ को लागि आफ्ना बिचारहरु राख्दै यस वर्ष सम्पूर्ण च्याप्टरहरु लगायत काठमाडौंमा बृहत मेड इन नेपाल प्रदर्शनी गर्ने प्रतिबद्धता जनाए । साथै अन्य सदस्यहरुले युवाहरु माझ उद्यमशीलतामा जोड दिदै मञ्चको मूल्य मान्यता अनुसार लक्ष्य प्राप्तिमा एकवद्ध भएर अगाडि बढ्ने अठोट व्यक्त गरेका थिए ।
एन.वाई.ई.एफ.ले आफ्नो मुख्यचासोलाई बढावा दिदैं सकारात्मक सोच र सफल देश नेपाललाई निरन्तर अगाडि बढाउने छ र युवा तथा युवा उद्यमीहरुका लागि उदाहरणीय रुपमा कार्य गरी अगाडि बढ्ने प्रयास गरिरहने मञ्चले जनाएको छ । एन.वाई.ई.एफ.ले निरन्तर रुपमा युवा उद्यमीहरुलाई विभिन्न कार्यक्रमहरुका मार्फत सहयोग गरिरहेको बताइएको छ । जसमा महिला युवा उद्यमी सम्मेलन, इन्टरप्राइज, लिडर प्रोजेक्ट, उद्यमशीलता विश्वकप, विश्वव्यापी विद्यार्थी उद्यमी पुरस्कार र मेड इन नेपाल क्याम्पिङ्ग जस्ता कार्यक्रमहरु आयोजना भएका थिए ।
नयाँ कार्य समितिले युवा उद्यमीहरुबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सञ्जालको निर्माण गरी व्यवसाय विकास र प्रवर्द्धनमा जोड दिने विश्वास गरिएको छ ।
वि.सं.२०७९ असार २१ मंगलवार १४:२७ मा प्रकाशित






























