back
CTIZAN AD

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए राजीनामा

वि.सं.२०७९ असार २३ बिहीवार

852 

shares

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिएका छन् । तर उनी अर्को प्रधानमन्त्री चयन हुनुअघि शरद ऋतुसम्म प्रधानमन्त्रीका रूपमा निरन्तर रहने छन् ।

अब कन्जर्भेटिभ पार्टीमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ। आगामी अक्टोबरमा टोरी दलको सम्मेलन हुनु अघिसम्म नयाँ प्रधानमन्त्रीको चयन भइसक्नेछ।
चरणबद्ध रूपमा मन्त्रीहरूले राजीनामा दिएपछि यूकेका प्रधानमन्त्री बोरिस जोनसनले चर्को दबाबको सामना गरिरहेका थिए।

यसअघि हिजो बुधवार उनले ब्रिटिश संसद्को नियमित प्रश्नोत्तर सत्रमा आफूले सन् २०१९ को निर्वाचनबाट “व्यापक जनादेश“ पाएको र त्यो “जारी रहने“ बताएका थिए।

अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको नाटकीय राजीनामापछि जोनसन सङ्कटमा परेको थिए। यसै वर्षको सुरुमा क्रिस पिन्चरलाई सहायक प्रमुख सचेतक नियुक्त गर्ने जोनसनको निर्णयका विषयमा विवाद भएपछि उनीहरूले मङ्गलवार केही मिनेटको फरकमा राजीनामा दिएका थिए।

उनीहरूको राजीनामासँगै राजीनामाको लहर सुरु भयो र बुधवार अन्य कतिपय मन्त्रीहरूले पनि राजीनामा दिए।

यसअघि जोनसनप्रति असन्तुष्टि जनाउँदै ५० भन्दा बढी कन्जरभेटिभ सांसदहरूले सरकारमा उनीहरूले निर्वाह गर्दै आएका भूमिकाबाट राजीनामा दिएका थिए।
यसअघि मंङ्गलवारमात्रै अर्थमन्त्री नियुक्त भएका नदिम जाहावीले पनि पदबाट राजीनामा दिँदै एक पत्र प्रकाशित गरेर प्रधानमन्त्री जोनसनले सरकारलाई अवमूल्यन गरिरहेको र उनी पदबाट हट्नुपर्ने बताएका थिए ।

एक जना वरिष्ठ कन्जरभेटिभ सांसद जुलियन स्मिथले बीबीसीसँग कुरा गर्दै जोनसनले “ट्रम्प प्रवृत्ति देखाउँदै पदमा टाँसिरहेको“ र शासन चलाउने विधिलाई चुनौती दिइरहेको बताए ।

यो परिस्थिति कसरी आयो
जोनसनको सरकारलाई साथ दिएका उच्च अधिकारीहरूको राजीनामाको शृङ्खला एक कन्जरभेटिभ सांसद र भूतपूर्व सहायक प्रमुख सचेतक क्रिस पिन्चरसँग जोडिएको यौन दुर्व्यवहारको आरोपलाई लिएर प्रधानमन्त्रीले चालेका कदमले निम्त्याएको थियो।

मङ्गलवार कम्तीमा तीन वर्षअघि जोनसनलाई व्यक्तिगत रूपमा नै पिन्चरमाथि लागेका आरोपबारे जानकारी गराइएको विवरण आएको थियो ।

कैयौँ दिनदेखि कुनै पनि त्यस्तो गुनासोबारे आफू बेखबर रहेको जोनसनको दाबी त्यसबाट गलत प्रमाणित भएको थियो ।

उक्त खुलासापछि ब्रिटेनका अर्थमन्त्री र स्वास्थ्यमन्त्रीले पदबाट राजीनामा दिए। त्यससँगै राजीनामाको शृङ्खला नै सुरु भयो।

जोनसनको सरकार हालैका महिनाहरूमा अरू कैयौँ विवादमा परेको थियो। उनीमाथि कोरोनाभाइरसको लकडाउनको समयमा डाउनिङ स्ट्रीटमा भोज आयोजना गरेको र त्यस विषयमा संसद्लाई ढाँटेको विषयमा प्रहरी अनुसन्धान समेत भएका थिए।
बीबीसीबाट

वि.सं.२०७९ असार २३ बिहीवार २०:४८ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...