back
CTIZAN AD

पदाधिकारी चयन नगरी सकियो माओवादी बैठक

वि.सं.२०७९ असार २३ बिहीवार

792 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको तेस्रो पूर्णं बैठक सम्पन्न भएको छ । बैठकले स्थायी समिति र पोलिटब्यूरो टुंगो लगाएको भएपनि पदाधिकारीबारे भने निर्णय लिन सकेन ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीबारे टुंगो लगाउन थप केही दिनको समय माग गरेका छन् । उनले थप गृहकार्य आवश्यक रहेको बैठकलाई जानकारी गराएको एक नेताले संसार न्यूजलाई बताए । उनका अनुसार चार दिनसम्म टुंगो लगाउने प्रतिबद्धता प्रचण्डले गरेका छन् ।

प्रचण्डले पदाधिकारीसँगै स्थायी समितिका बाँकी सदस्यको नाम पनि टुंगो लगाउने छन् । आजको बैठकले ४१ सदस्यीय स्थायी समितिमा ३३ जनाको मात्रै नाम टुंगो लगाएको छ ।

माओवादीमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षसहितका पदाधिकारी चयन गर्न बाँकी छ । विशेषगरि महासचिव पदमा देखिएको किचलोको कारण माओवादीले अन्य पदाधिकारीबारे निर्णय लिन सकेको छैन् ।

पूर्वस्थायी समिति बैठकले पदाधिकारीको टुंगो लगाउन पार्टी अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको भएपनि केन्द्रीय समितिमा उनले निर्णय सुनाउन सकेनन् ।

सम्बन्धित समाचार

माओवादीमा ४१ सदस्यीय स्थायी समिति, काे-काे परे ? (सूचीसहित)

माओवादीमा १२५ सदस्यीय पोलिटब्युरो, को–को परे ? (नामसहित)

वि.सं.२०७९ असार २३ बिहीवार १७:५१ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...