काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले ४१ सदस्यीय स्थायी समिति घोषणा गरेको छ। बिहीबार प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४१ सदस्यीय स्थायी समिति घोषणा गरेका हुन्।
प्रचण्डले केही आमन्त्रित र सिनियर महिलालाई पनि स्थायी कमिटीमा समेटेर स्थायी कमिटी गठन गरिएको बैठकमा जानकारी दिए । केन्द्रीय समिति बैठकले प्रचण्डको प्रस्ताव पारित गरेको एक नेताले जानकारी दिएका छन् ।
प्रचण्डले नेकपाकालीन १५ जना र अहिले थपिएका २६ जनालाई समेटेर ४१ सदस्यीय स्थायी समिति बनेको बताएका छन् । ४१ सदस्यी स्थायी समिति घाेषणा गरिएकाे भएपनि प्रचण्डले ८ जनाकाे नाम भने टुंगाे लगाएका छैनन् ।
यी हुन् टुंगाे लागेका नाम
१. पुष्पकमल दाहाल ‘प्रचण्ड’
२.नारायणकाजी श्रेष्ठ
३. कृष्णबहादुर महरा
४. उर्मिला अर्याल
५. पम्फा भुसाल
६. हरिबोल गजुरेल
७. गणेश शाह
८. देव गुरुङ
९. वर्षमान पुन
१०. जनार्दन शर्मा
११. दीनानाथ शर्मा
१२. सुरेश आलेमगर
१३. वामदेव क्षेत्री
१४. पूर्णकुमारी सुवेदी
१५. गिरिराजमणि पोखरेल
१६. चक्रपाणी खनाल
१७. मात्रिका यादव
१८. देवेन्द्र पौडेल
१९. लीलामणि पोखरेल,
२०.शक्ति बस्नेत
२१. जयपुरी घर्ती
२२. शशि श्रेष्ठ
२३. हितमान शाक्य
२४. अमृता थापा
२५. ओनसरी घर्ती
२६. राम कार्की
२७. कालीबहादुर मल्ल
२८. खगराज भट्ट
२९. प्रह्लाद बुढाथोकी
३०. भरतप्रसाद साह
३१. महेन्द्रबहादुर शाही
३२. यशोदा गुरुङ
३३. रेखा शर्मा
वि.सं.२०७९ असार २३ बिहीवार १७:११ मा प्रकाशित






























