back
CTIZAN AD

दाहोरो अङ्कले घट्याे नेप्से, जीवन बीमाका लगानीकर्तालाई सबैभन्दा घाटा

वि.सं.२०७९ असार २३ बिहीवार

774 

shares

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.६० अङ्कले ओरालो लागेर दुई हजार २७.३२ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.४२ अङ्कले ओरालो लागेर ३८५.४९ मा ओर्लेको छ । कूल २२९ कम्पनीका ४७ लाख ११ हजार २५ कित्ता शेयर रु एक अर्ब ८० करोड ६२ लाख चार हजार ७६५ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये बिहीबार सामूहिक लगानी कोषको कारोबारमात्रै उकालो यात्रामा छ भने बाँकी रहेका १२ उपसमूहको शेयर मूल्य ओरोलो लागेको छ । बैंकिङ ८.५७, व्यापार २३.४७, होटल तथा पर्यटन ३१.२४, विकास बैंक ४६.२१, जलविद्युत् १५.९३, वित्त ७.७९, निर्जीवन बीमा ३३.६७, उत्पादन ४३.२, अन्य २२, लघुवित्त ३७.३६, जीवन बीमा ११५.१७ र लगानी ०.५३ अङ्कले ओरालो लागेको छ । त्यस्तै सामूहिक लगानी कोषको शेयर मूल्यमा ०.०९ अङ्कले उकालो लाग्यो ।

बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ९१ अर्ब ४७ करोड ६९ लाख ५५ हजार ३५ बराबर रहेको छ । कारोबारका आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेशन शीर्षस्थानमा छ । सो कम्पनीको रु सात करोड ६५ लाख ८९ हजार ९८२ बराबरको कारोबार भएको छ ।

त्यस्तै अरुण काबेली पावर रु छ करोड ३० लाख छ हजार ३३४, शिवम् सिमेन्ट रु छ करोड २५ लाख ३२ हजार ९१८, हिमालयन डिस्टिलरी रु पाँच करोड ९० लाख आठ हजार २६४ र माथिल्लो तामाकोसी रु पाँच करोड ८२ लाख ३९ हजार ६३२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आरबिबी म्युचुअल फण्ड एक ३.९३, माउण्टेन हाइड्रो नेपाल ३.२४, सिटिजन म्युचुअल फण्ड दोस्रो ३.०३, नारायणी डेभलपमेन्ट बैंक २.६७ र बैंक अफ काठमाण्डूको ऋणपत्रका लगानीकर्ताले २.५९ प्रतिशतले कमाए । यस्तै समिट लघुवित्त ५.२०, लिवर्टी इनर्जी ५ प्रतिशत, नयाँ सारथी लघुवित्त ३.९७, गुराँस लघुवित्त ३.८४ र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले ३.६४ प्रतिशतले गुमाए ।

वि.सं.२०७९ असार २३ बिहीवार १७:३५ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...