back
CTIZAN AD

ओहोदाकाे चरम दुरूपयाेग : मन्त्रीले आफ्ना बा-आमाकाे नाममै छुट्याए कराेड बजेट

वि.सं.२०७९ असार २४ शुक्रवार

681 

shares

पोखरा । सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको बाबुआमाको नाममा खोलेको ट्रष्टमा प्रदेश सरकारको एक करोड विनियोजन गरेका छन् । यसअघि वार्षिक विकास पुस्तिकामा समेट्न पठाएको कार्यक्रम अर्थमन्त्रालयले काटेपछि सत्तारुढ सांसद र मन्त्रीहरुले नै विरोध गरेका थिए । पछि थपिएको २८ करोड बजेटमध्ये एक करोड रुपैयाँ श्रेष्ठका स्व. बाबू पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट फरक फरक शीर्षकमा ५०/५० लाख विनियोजन गरिएको हो । पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्टमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले ५० लाख विनियोजन गरेको छ भने सोही ट्रष्टको भवन निर्माण गर्न भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत अर्को ५० लाख विनियोजन गरिएको छ ।

पुननारायण र धनकुमारी सामान्य व्यक्तिहरू थिए । स्याङजा भीरकोट नगरपालिका-१ मा उक्त भवन निर्माण गर्न लागिएको बजेट कितावमा उल्लेख छ । मन्त्री श्रेष्ठले सत्ताको दुरुपयोग गर्दै आफ्नै बाबुआमाको नाममा खुलेको ट्रष्टमा बजेट विनियोजन गरेका हुन् ।

यसअघि १ असारमा बजेट वक्तव्यपछि प्रदेशसभा बैठक २० गतेसम्म रोकियो । मन्त्रालयले पठाएका कार्यक्रमहरू अर्थमन्त्रालयले काटेको र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा समावेश नगरेको भन्दै सत्तारुढ दलले नै सदन रोकेको थियो । लामो छलफलपछि करिब २८ करोड रुपैयाँको कार्यक्रम राखेर अनुसूची थपिएको छ ।

सेतो कितावमा थपिएका अधिकांश बजेटहरू वितरणमुखी र कार्यकर्तालाई खुसी पार्ने खालका छन् । २८ करोडमध्ये पोखरा १६ नम्बर वडामा मात्रै ६ करोड भन्दा बढी छुट्याइएको छ । यो वडा भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काको वडासमेत हो । समग्रमा सबै मन्त्रालयबाट १६ नम्बर वडामा मात्रै २५ करोड हाराहारी बजेट विनियोजन भएको छ । यसअघि पनि धेरै बजेट एउटै वडामा परेको भन्दै प्रतिपक्षी र सत्तारुढ सांसदहरूले नै विरोध जनाएका थिए । विरोधपछि पनि सोही वडामा बजेट धेरै थुपारिएको छ ।

वि.सं.२०७९ असार २४ शुक्रवार १६:३६ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...