back
CTIZAN AD

एनएमबी बैंकले ल्यायो विदेश पढ्न जाने विद्यार्थीका लागि यस्तो सुबिधा

वि.सं.२०७९ असार २८ मंगलवार

759 

shares

काठमाडौं । एनएमबि बैंकले फ्लाईवायर कर्पोरेशनसँग द्विपक्षीय सम्झौता गरेको छ । बैंकले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई लक्षित गरी डिजिटल भुक्तानीको लागि फ्लाईवायर सम्झौता गरेको हो ।

यो सम्झौतासँगै एनएमबि बैंक फ्लाईवायरको तर्फबाट विश्व भरका १७ सयभन्दा बढी शैक्षिक संस्थाहरुमा भुक्तानीको लागी नेपालको एकमात्र बैंक भएको छ ।

नेपालबाट विदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले फ्लाईवायर मार्फत अमेरिका, क्यानडा र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीको लागी कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सकिनेछ ।
अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी गर्न चाहने नेपाली ग्राहकहरुका लागि परम्परागत भुक्तानी प्रक्रिया निकै झन्झटिलो र सुरक्षा जोखिमयुक्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी बताउँछन् । उनले यस सुम्झौताले ग्राहकलाई सजिलो बनाइदने विश्वास व्यक्त गरे ।

वि.सं.२०७९ असार २८ मंगलवार ०९:०१ मा प्रकाशित

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...