back
CTIZAN AD

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पारित, सेयरधनीले कति पाउने भए त बोनस ?

वि.सं.२०७९ असार ३० बिहीवार

747 

shares

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ । असार २९ गते सम्पन्न इन्स्योरेन्सको १७औं वार्षिक साधारण सभाले सञ्चालक समितिको लाभांश प्रस्तावलाई पारित गरेको हो ।

यससँगै इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०७७\७८ को नाफाबाट चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश पाउने छन् ।

उक्त बोनस सेयर छिट्टै नै नेप्सेमा सूचीकृत भई सेयरधनीको खातामा हस्तान्तरण हुने समेत इन्स्योरेन्सले जानकारी गराएको छ ।

९.५ प्रतिशत लाभांश पारितसँगै इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । साथै, सभाले मर्ज गर्न तथा गराउनको लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिएको छ । यससँगै सभाले सञ्चालक समितिमा ४ जना सञ्चालकलाई निर्विरोध निर्वाचित गरेको छ । निर्विरोध निर्वाचित हुनेमा सञ्चालक विश्वराज रेग्मी, मनोहरदास मूल, अरुणराज श्रेष्ठ र उमेश रेग्मी रहेका छन् ।

 

वि.सं.२०७९ असार ३० बिहीवार ०८:४५ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...