back
CTIZAN AD

आज यी तीन प्रदेशमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा र यी नदीको बहाव बढ्ने

वि.सं.२०७९ असार ३० बिहीवार

690 

shares

काठमाडौं । देशैभरी सक्रिय रहेको मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न भू–भागमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा र बांकी भु–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति पनि देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।

त्यसैगरी आज दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, बैतडी र डडेल्धुरा आसपास भएर बहने स–साना नदीहरुको बहाव बढ्ने हुनाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

त्यसैगरी बाढी पूर्वानुमान महाशाखाले साउन ३ देखि ५ गतेसम्म देशभरका नदीनालाहरुमा बहाव उल्लेख्य बढ्ने र केही नदीहरुमा बहाव सतर्कता तहसम्म पुग्ने हुनाले तटीय क्षेत्रमा शतर्कता अपनाउन अनुरोध गरिएको छ ।

वि.सं.२०७९ असार ३० बिहीवार ०९:०६ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...