back
CTIZAN AD

नेजस भर्जिनिया च्याप्टरका सभापतिद्वारा पद र जिम्मेवारीबाट अलग हुने निर्णय

वि.सं.२०७९ असार ३१ शुक्रवार

747 

shares

विजय थापा । नेपाली जनसम्पर्क समिति अमेरिकाको भर्जिनिया च्याप्टरका सभापति राम शरण हुमागाईले सभापति पद र जिम्मेवारीबाट अलग हुने निर्णय गरेका छन् ।

हुमागाईँले सामाजिक संजाल फेसबुकमार्फत बिहीबार च्याप्टर अधिबेशनको अनिश्चितता र व्यक्तिगत कार्य व्यस्तताले गर्दा नेजस अमेरिका भर्जिनियाको सभापतिको हैसियत र जिÞम्मेवारीबाट अलग हुने निर्णय गरेको बताएका छन् ।

नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टर (शाखा) को विभिन्न पद र जिम्मेवारीमा लामों समयदेखी क्रियाशील रहदै आएका छन् ।

सन् २०१० मा नेजस भर्जिनिया च्याप्टर (शाखा) को स्थापनासँगै निर्वाचित उपसभापति र सन २०१४ मा च्याप्टर(शाखा) सभापति निर्वाचित भै जिम्मेवारी निर्वाह गर्दै आएका छन् । साथै हाल उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् ।

च्याप्टर (शाखा) अधिवेशन सम्पन्न गरेर विधिपूर्वक नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने अभिलाषा बोकेर पदावधि सकिएर पनि च्याप्टरका कामकाज तथा गतिविधिलाई सभापतिको हैसियतमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको पनि उनले बिज्ञप्तिमा जनाएका छन् ।

पटक पटक अधिवेशनको माग र प्रयास हुँदाहुदै पनि पार्टी नेतृत्व र जनसंपर्क समिति अमेरिकाको केन्द्रीय नेतृत्वको उदासीनताले च्याप्टरहरूको अधिवेशन समयमा सम्पन्न हुन नसकीरहेकÞोप्रति पनि उनले सबैको ध्यानाकर्षण गराएका छन् ।

उनले समयमै अधिवेशन सम्पन्न हुन नसक्नुमा आफ्नो भागमा पर्ने भूमिका र कमजोरीको निम्ति साथीहरू समक्ष क्षमायाचना मागेका छन् ।

अहिलेसम्म पनि निश्चित समयावधि तोकेर अधिवेशन सम्पन्न गराई केन्द्र र च्याप्टरहरूमा नयाँ नेतृत्व चयन र जिम्मेवारी हस्तान्तरण तत्काल गÞर्ने वातावरण नदेखिएको तितो यथार्थ पनि सबैका सामु छर्लंगै छ भनि स्पष्ट गराएका छन् ।

उनले केही आफ्ना भनाई राख्दै बर्तमान परिस्थितिलाई मध्येनजर गर्दै मिति (१३ जुलाई २०२२) बाट नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टरको सभापतिको पदिय हैसियत तथा जिÞम्मेवारीबाट अलग भएको ब्यहोरा सबैमा जानकारी गराएको बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले जनसम्पर्क समितिको च्याप्टर स्थापनादेखी हालसम्म भर्जिनियाका साथीहरुले देखाएको एकता, सहयोग र संस्था प्रतिको माया र जिम्मेवारीको निम्ति सबै प्रति कृतज्ञता व्यक्त गरेका छन् ।

उनले कालान्तरमा च्याप्टरले अझै बढ़ीं साथ सहयोग पाउने र एकता अझै मजÞबुत हुने अपेक्षा सहित सबै प्रति आभार व्यक्त समेत गरेका छन् ।

 

वि.सं.२०७९ असार ३१ शुक्रवार १४:३६ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...