back
CTIZAN AD

वाइडेनको साउदी अरबका नेतासँग भेटवार्ता

वि.सं.२०७९ असार ३२ शनिवार

807 

shares

रियाद । अमेरिकी राष्ट्रपति जो वाइडेनले शुक्रबार साउदी अरबका नेताहरूसँग भेटवार्ता गरेका छन् । साउदी अरबको जेद्दा सहरमा उनीहरूका बीचमा दुई पक्षीय हितका बारेमा कुराकानी भएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

दुई दिने राजकीय भ्रमणका लागि साउदी अरब आएका अमेरिकी राष्ट्रपति वाइडेनलाई राजा सलमान बिन अब्दुलाजिज अल साउदले जेद्दा स्थित अल सलाम दरबारमा स्वागत गरेका थिए ।

उनीहरूसँगको भेटवार्तामा साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउद पनि सहभागी भएका थिए । बैठकका क्रममा राजा सलमान र राष्ट्रपति वाइडेनले दुई देशको सम्बन्धको समीक्षा गर्दै यसलाई थप बलियो, फराकिलो र राम्रो बनाउने बारेमा छलफल गरेका थिए । रियाद र वासिङ्टनको सहकार्य र सम्बन्धलाई बलियो बनाउने उपाय र आधारका बारेमा उनीहरूले विचार विमर्श गरेको जनाइएको छ ।

मध्य पूर्वको आफ्नो पहिलो भ्रमण उनले साउदी अरबबाट अन्त्य गर्न लागेका छन् । बुधबार सुरु भएको उनको भ्रमण शनिबार सकिने बताइएको छ । उनले यस अघि इजरायल र वेस्ट व्यङ्क गएका थिए । उनले साउदी अरबको भ्रमण अन्त्य गर्नु पूर्व गल्फ कर्पोरेसन काउन्सिलका सदस्य नेताहरूसँग सामूहिक छलफल गर्ने भएका छन् । छलफलमा साउदी अरबसँगै इजिप्ट र इजरायलका नेता पनि सहभागी हुने जनाइएको छ । सिन्ह्वा

वि.सं.२०७९ असार ३२ शनिवार १५:२५ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...