back
CTIZAN AD

तीनदिने भारत भ्रमण सकेर फर्किएका प्रचण्डले भने–भ्रमण सोचेभन्दा सफल भयो

वि.सं.२०७९ साउन १ आइतवार

681 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सोचेभन्दा सफल भएको बताएका छन् ।

भारतको तीनदिने भ्रमण सकेर आइतबार स्वदेश फर्किएका अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमण सोचेभन्दा सफल र फलदायी भएको बताएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँगै कुरा गर्दैै अध्यक्ष प्रचण्डले त्यहाँको सरकार तथा भाजपाले अत्यन्तै राम्रो सम्मान तथा व्यवस्था गरेको बताउँदै प्रधानमन्त्री भएर जाँदा र अहिलेमा कुनै फरक नलागेको समेत बताए ।

स्वदेश फर्किनु भन्दा अगाडि भाजपाका अध्यक्ष जेपी नड्डासँगको भेटवार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुने कार्यक्रम रहेको बताइए पनि अन्तिम समयमा प्रचण्डले मोदीलाई नभेटी स्वदेश फर्कनु परेको छ ।

‘एक बजेदेखि प्रधानमन्त्री मोदीसँग भेट हुन्छ भन्ने थियो । एक बज्न लागेपछि हतार गरेर निस्कियौं । होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने आयो । किन हो, भन्ने कुरा तपाईंहरु जस्तै मलाई पनि थाहा छैन ।’ पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने । प्रचण्डले भारतमा वर्षा र बाढीका कारण जनधनको क्षति भएको र मोदी त्यसमै व्यस्त भएका कारणले भेटवार्ता स्थगित भएको हुनसक्ने बताए ।

अध्यक्ष प्रचण्डले भारत भ्रमणमा गएको पहिलो दिन शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्री जयशंकर मेननलगायतलाई भेटेका थिए । उनले उनीहरुसँगको भेट फलदायी भएको समेत बताए ।

‘त्यसपछि थिंक ट्यांकहरुको एउटा कार्यक्रम आयोजना गरिएको थियो । त्यहाँ मैेल सम्बोधनमा मैले जे बोलेको छु त्यो तपाईहरुले हेरिसक्नु पनि भएको छ । इतिहासदेखि थाँती रहेका मुद्दा १९५० को सन्धि पुनरावलोकन विषय, सीमा सम्बन्धी समस्या समाधान, भूमिसँग सम्बन्धीत समस्या, व्यापार घाटालगायतका विषय, इपिजीको प्रतिवेदनलगायतका विषयमा कुरा राखेको छु ।’ अध्यक्ष प्रचण्डले भने ।

भारतीय जनता पार्टीकै निमन्त्रणामा भारत भ्रमणमा गएका अध्यक्ष प्रचण्डले उनले अन्य के कारणले अन्तिम अवस्थामा भेट हुन सकेन भन्ने कुरा आफुलाई थाहा नभएको तथा त्यसले आफुलाई कुनै टेन्सन नभएको समेत पत्रकार समक्ष बताए ।

वि.सं.२०७९ साउन १ आइतवार २१:०५ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...