back
CTIZAN AD

पाल्पाका ३० उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मानित

वि.सं.२०७९ साउन ३ मंगलवार

846 

shares

रामपुर । पाल्पामा उत्कृष्ट शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ । लुम्बिनी प्रदेश, शिक्षा तथा सामाजिक विकास मन्त्रालय,सामाजिक विकास डिभिजन कार्यालय पाल्पामार्फत जिल्लाका ३० शिक्षकलाई सम्मान गरिएको हो ।

सामुदायिक विद्यालयको शैक्षिक सुधारमा योगदान पु¥याएवापत रामपुरको रामतुलसी मावि सम्मानित भएको छ । सम्मानित शिक्षकलाई प्रतिशिक्षक रु १० हजार र प्रतिविद्यालयलाई रु दुई लाख ५० हजारका दरले सम्मान गरिएको हो ।

शैक्षिक क्षेत्रमा सामुदायिकतर्फ जिल्लामै नमूना विद्यालयको रूपमा रहेको यस विद्यालय पछिल्लो समय सबै अभिभावक तथा विद्यार्थीको रोजाइमा परेको छ । विद्यार्थीको मनोभावनाअनुरुप विभिन्न कार्य गरी पठनपाठन गराउँदै आएको रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्साल बताए ।

‘शिक्षकको सम्मान, विद्यार्थीको विश्वास’, ‘विद्यालयको सम्मान, समुदायको इज्जत’ भन्ने नाराका साथ डिभिजन कार्यालयले हरेक वर्ष शिक्षक र विद्यालयलाई सम्मान गर्दै आएको छ ।

जिल्ला समन्यव समिति पाल्पाका प्रमुख टङ्कनाथ खनालले अन्धकारमा रहेको व्यक्तिलाई ज्ञानको ज्योति छरेर शिक्षकले उज्यालोतर्फको बाटो तय गरिदिने गरेको बताए ।

शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालय लुम्बिनी प्रदेशका सचिव कृष्णप्रसाद पन्थले शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय योगदान पु¥याउने सामुदायिक विद्यालयका उत्कृष्ट शिक्षक तथा विद्यालयलाई प्रदेश सरकारले सम्मान गर्दै आएको जानकारी दिए ।

प्रदेशका छवटा सामाजिक विकास डिभिजन कार्यालयमार्फत उत्कृष्ट शिक्षक र विद्यालयलाई सम्मान गरिँदै आएको जनाइएको छ । सो कार्यालयका प्रमुख हरिलाल अर्यालले विभिन्न सूचकहरूका आधारमा शिक्षक र विद्यालयलाई सम्मान गर्दै आएको बताए ।

वि.सं.२०७९ साउन ३ मंगलवार ०८:०५ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...