काठमाडौं । आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहि प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
मौसम तथा पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी आज र भोली महाकाली, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका केही सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा सतर्कता आसपास सम्म पुग्न सक्ने पुर्वानुमान रहेकोले साना नदी तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

वि.सं.२०७९ साउन ३ मंगलवार १२:४१ मा प्रकाशित






























